सूचनाको हकलाई तल्लो तहसम्म पुर्‍याउन राष्ट्रिय सम्मेलन « Khabarhub

सूचनाको हकलाई तल्लो तहसम्म पुर्‍याउन राष्ट्रिय सम्मेलन


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचनाको हकको अभियानलाई तल्लो तहसम्म पुर्‍याउन आज एक दिने राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा सम्मेलन आयोजना गरिएको महासङ्घले जनाएको छ । 

देशभर सूचनाको हकको महत्व र आवश्यकता महसुस गराई आमजनताले समेत सूचना माग्ने वातावरण बनाउन अभियानकर्ता, पत्रकार, नागरिक समाज, कानुन व्यवसायी, महिला, युवा, विद्यार्थी र काठमाडौँ उपत्यकाभित्र रहेका सरकारी कार्यालयका सूचना अधिकारीको समेत सम्मेलनमा सहभागिता रहेको छ ।

नेपालको संविधानको धारा २७, सूचनाको हकसम्बन्धी ऐन २०६४, नियमावली २०६५, कार्यविधि एवं निर्देशिकासमेत बनिसक्दा पनि तीनै तहको सरकारले सूचनाको हकको विषयलाई आफ्नो बजेट, नीति तथा कार्यक्रममा प्राथमिकतामा नराखेका जनाइएको छ । 

संविधान प्रदत्त मौलिक हकलाई नागरिकस्तरबाट व्यापकरूपमा व्यावहारिक प्रयोग गर्न सार्वजनिक निकायबाट सहजै सूचना लिने दिने वातावरण बनोस् भनेर महासङ्घले सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

सम्मेलनमा सूचनाको हकको क्षेत्रमा क्रियाशील सातै प्रदेश र ७७ वटै जिल्लाका चार सय अभियानकर्मीको सहभागिता  रहेको छ ।

सम्मेलनको पहिलो दिन तीन फरक फरक विषयमा प्यानल छलफल हुने छ । पहिलो सत्रमा सूचनाको हकको प्रवर्द्धनमा नागरिक संस्था र सञ्चार क्षेत्रको भूमिका र चुनौती विषय रहेको छ । 

दोस्रो छलफलमा गरिब महिला, अल्पसङ्ख्यक युवाको सूचनामा पहुँच र  तेस्रो विषय नेपालमा सूचनाको स्वत : प्रकाशनको अभ्यास र चुनौतीको रहेको छ ।

दोस्रो दिन शुक्रबार महासङ्घले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । महासङ्घ काठमाडौँ उपत्यका प्रदेश समितिका अध्यक्ष ताराबहादुर भण्डारीले राजनीतिक दलका सूचना अधिकारीको पनि कार्यक्रममा सहभागिता रहने जानकारी दिए ।

सूचनाको हक नागरिकलाई अधिकार सम्पन्न बनाएको कानुन भएकाले यसको कार्यान्वयनका लागि नागरिक संस्थाका रुपमा सक्रियता लिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १० : ५० बजे

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं- परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

‘प्रधानमन्त्री गैर जिम्मेवार बन्नुभयो भन्दैमा प्रतिपक्ष गैर जिम्मेवार बन्दैन’ 

काठमाडौंं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री गैर

कांग्रेसले भन्यो- र्‍याप गाएकै शैलीमा सदनमा उपस्थित हुँदा प्रधानमन्त्रीको गरिमा ध्वस्त भयो

काठमाडौ– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे संसद्मा प्रधानमन्त्री बालेन

रोष्टममा परराष्ट्रमन्त्री बोलिरहे, हर्क साम्पाङले उभिएर विरोध गरिरहे (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले