‘बर्थिङ सेन्टर’ नहुँदा महिलालाई सास्ती | Khabarhub Khabarhub

‘बर्थिङ सेन्टर’ नहुँदा महिलालाई सास्ती


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ । प्रसूति हुनका लागि उनीहरूलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ ।

नगरपालिकाकै दुर्गम वडाका बासिन्दाले बर्थिङ सेन्टर सञ्चालनका लागि माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन । प्रसूति हुनेलाई एम्बुलेन्समार्फत परिवारजनले बन्साहा, देखतभूली लगायतका क्षेत्रमा पुर्‍याउने गरेका छन् ।

एम्बुलेन्स नपाउँदा घरमै जोखिम मोल्दै सुत्केरी हुँदै आएको स्थानीय लक्ष्मीदेवी विकले बताइन् ।  ‘एम्बुलेन्सका लागि आर्थिक अवस्था कमजोर भएका व्यक्तिले खर्चको जोहो मिलाउन सक्दैनन्’, उनले भनिन्, ‘घरमै प्रसूति हुनुपर्ने बाध्यता छ, धेरैले गाउँ टोलमा रहेका बचत समूहबाट ऋण निकालेर भए पनि प्रसूतिका लागि टाढाको बर्थिङ सेन्टरमा पुर्‍याउने गरेका छन् ।’

जटिल प्रकृतिको प्रसूतिका लागि कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा रहेका अस्पतालमा पुर्‍याउनु पर्ने अवस्था रहेको उनको भनाइ छ ।

आधारभूत स्वास्थ्य केन्द्रमा एक जना अनमी, एक जना अहेव र एक जना कार्यालय सहयोगी कार्यरत रहेका छन् ।।

‘प्रसूति गृह तत्काल सञ्चालनका लागि भौतिक पूर्वाधारको व्यवस्था रहेको छ’, वडाध्यक्ष नवलसिंह रानाले भने, ‘प्रसूति गराउनका लागि तालिम प्राप्त दक्ष अनमी पनि छन्, सञ्चालनको अनुमति नदिँदा अन्यौलतामा रहेका छौँ ।’

बर्थिङ सेन्टर सञ्चालनका लागि अनुमतिसँगै आवश्यक औजार, औषधिलगायतको व्यवस्था गरिनुपर्ने उनले बताए । आधारभूत स्वास्थ्य चौकीका अहेव गणेश रानाका अनुसार गर्भ चेकजाँच गराउन आउने महिलाको सङ्ख्या वर्षमा दुई सय बढी रहने गरेको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्टले तत्काल बर्थिङ सेन्टर थप्ने योजना नरहेको बताए । ‘सञ्चालनमा रहेका बर्थिङ सेन्टरलाई व्यवस्थित गर्ने योजना छ’, उनले भने, ‘थप्ने योजना रहेको छैन, वडाले बजेटको व्यवस्थापन गरे बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन सकिन्छ ।’

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  १० : ५८ बजे

‘औपचारिकताका लागि मात्रै बिपीलाई नसम्झौँ’

काठमाडौं– बीपी कोइरालाको नाम सम्झँदा मैले एकै पटक दुई वटा

मदन पुरस्कार २०८१ : उत्कृष्ट सात पुस्तक सार्वजनिक

काठमाडौं- नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात

नेपालको राजनीति बीपीको मेलमिलाप नीतिको जगमा छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति

प्रधानमन्त्री र चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोग

चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका हुँदै ल्याइँदै

रसुवा– रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा