विकास गर्न शासक इमानदार हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की | Khabarhub Khabarhub

विकास गर्न शासक इमानदार हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की


११ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकको विकास गर्नका लागि शासक इमानदार हुनुपर्नेमा बताएकी छन् । हिमालय मातृभूमि फाउन्डेसनद्वारा आज आयोजित ‘सुशासन, विकास र समृद्धि लागि राष्ट्रिय अभियान-२०८०’ कार्यक्रममा उनले मुलुकमा सुशासन, विकास र समृद्धिका लागि शासक इमानदार हुनुपर्ने बताइन् ।

‘वर्तमान सरकारको शासनशैली जनतालाई मन परेको छैन, किनभने इमान्दारिता छैन’, उनले भनिन्, ‘सुशासन, विकास र समृद्धिका लागि शासन इमानदार हुनैपर्छ ।’ धेरै बिग्रेको सुधार हुनका लागि समय लाग्ने भएकाले आशावादी हुन आग्रह गर्दै उनले भनिन्, ‘यही देशको माटोको विकास गर्नुपर्छ, अरूको देशमा जानु भनेको हराउनु हो ।’

उनले देशमा भ्रष्टाचारले जरो गाँडेको उल्लेख त्यसको अन्त्यका लागि दबाब समूह जरुरी भएको बताइन् । प्याब्सन कार्यसमिति अध्यक्ष डिके ढुङ्गानाले मुलुकको विकासका लागि राजनीतिक स्थायित्व र सुशासन जरुरी भएको आवश्यकता औँल्याउँदै त्यसका लागि सबैको इमानदारीपूर्वक काम गर्नुपर्ने बताइन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाज विकासक्रममा मुलुकको विकासका लागि स्थापना भएको प्रजातन्त्रको अभ्यास गर्नुपर्नेमा जोड दिँदै गलत कामलाई सच्याउँदै राम्रो कामको गर्न सुझाव दिए ।

एनप्याव्सनका सहअध्यक्ष सुवास न्यौपानेले सुशासन, विकास र समृद्धिका लागि सबैमा चिन्ता र चिन्तन हुनुपर्ने धारणा राखे । पूर्वराजदूत महेश दाहालले देश भनेको जनता र जनताको भावना भएको उल्लेख गर्दै देश समृद्ध बनाउन धेरैभन्दा धेरै उद्योगधन्दा खोल्नुपर्नेमा जोड दिए ।

राजनीतिक विश्लेषक मुमाराम खनालले शिक्षाको क्षेत्रमा काम गर्ने व्यक्तिहरूले खाेलेको संस्था भएको हुँदा शिक्षाको सुधारमा लाग्न राजनीति नगर्न सुझाव दिए । पूर्वसचिव शारदाप्रसाद त्रितालले सुशासन कायम गर्न सरकारले नै ध्यान दिनुपर्ने भए पनि सरकार बनाउने र टिकाउनेमा मात्रै ध्यान दिनु दुःखद भएको अनुभव सुनाए ।

अध्यक्ष टीकाराम पुरीले देशलाई माया गर्ने देशभक्त नेपाली मिलेर सुशासन, विकास र समृद्धिका लागि स्थापना गरिएको जानकारी दिए । कार्यक्रममा संस्थाले गर्ने कामका बारेमा अवधारणापत्र सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८०, बिहीबार  ५ : २९ बजे

नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने 

काठमाडौं– नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आगामी माघ

पाँचथरमा छोराबाट बाबुको हत्या

पाँचथर– पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकले बाबुको हत्या गरेको खुलेको

राष्ट्रपतिको अनुपस्थितिमा कार्यभार उपराष्ट्रपति यादवलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा हुने ‘सामाजिक विकाससम्बन्धी दोस्रो

नर्सहरूका माग सम्बोधन गर्न नर्सिङ संघको ४८ घण्टे अल्टिमेटम 

काठमाडौं– नेपाल नर्सिङ संघले पारिश्रमिकलगायतका नर्सहरूका मागहरू ४८ घण्टाभित्र पूरा