नगरबस सञ्चालन गर्दै नेपालगञ्ज उपमहानगरपालिका | Khabarhub Khabarhub

नगरबस सञ्चालन गर्दै नेपालगञ्ज उपमहानगरपालिका


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करीब रु साढे तीन करोडमा साता बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस रु एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस रु दुई करोड १५ लाख ७६ हजारमा खरीद गरेको हो । खरीद गरिएका बस एक महीनादेखि उपमहानगरपालिकामै थन्किएका छन् । उपमहानगरलाई अन्य नगर तथा गाउँपालिकासँग जोड्ने गरी महिलामैत्री बस सञ्चालन गरिने उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि निर्माणसँगै चालक छनोट प्रक्रिया पनि अघि बढाएको छ । मङ्गलबार चालक छनोटका लागि प्रयोगात्मक परीक्षा लिइएको रिजालले जानकारी दिए । चालक छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन यातायात व्यवस्था कार्यलय, ट्राफिक प्रहरी कार्यालय, यान्त्रिक कार्यालयको सहयोगमा प्रयोगात्मक परीक्षा (ट्रायल) लिइएको उनले बताए ।

यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र लिएको भए पनि भर्ना प्रक्रियालाई पारदर्शी बनाउन पुनः ट्रायल लिइएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले उल्लेख गरे ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १२ : १० बजे

रविबारे कांग्रेस सांसद भन्छन्- जेल ससुराली घरमा जस्तो मेजमानी खोज्ने ठाउँ होइन

काठमाडौंँ– नेपाली कांग्रेस सांसद दुर्लभकुमार थापाले सहकारी ठगीमा थुनामा रहेका

विपक्षी दलले उपसभामुख मगरलाई हटाउने षडयन्त्रको प्रतिवाद गर्ने

काठमाडौं– संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने

डिम्ब कारोबारमा रोक लगाउन सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले डिम्ब कारोबारमा रोक लगाउन आदेश जारी गरेको

विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यको माग

काठमाडौं– युवा विद्यार्थी विदेश जाँदा नेपालका क्याम्पस खाली देखिन थालेकाले

रेशम-रञ्जिता किचलोले उपनिर्वाचनका लागि दर्ता भएन नाउपा 

काठमाडौं– स्थानीय तह निर्वाचन-०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति