पुराना दललाई रविको अपिल– ‘नयाँ पार्टीहरूको जमानत जफत हुनेगरि काम गर्नुहोस्’ « Khabarhub

पुराना दललाई रविको अपिल– ‘नयाँ पार्टीहरूको जमानत जफत हुनेगरि काम गर्नुहोस्’


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा रहेका पुराना दलहरूलाई रास्वपा बाहेकको सहमतिको सरकार बनाउन सुझाव दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पूर्ण पुराना दलहरूलाई अपिल शीर्षकमा सबै दलहरू मिलेर सरकार बनाउन आग्रह गर्दै आफूहरू प्रतिपक्षमा बस्ने बताएका हुन्।

सभापति लामिछानेले ठूला दलले मिसन ०८४ को रटान गरेको पटक्कै नसुहाएको भन्दै अहिले नै काम गर्ने समय भएको र चार–चार वर्ष बाँकी हुँदा नै मिसन ०८४ को अर्थ नहुने टिप्पणी गरे ।

उनले देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अबको ४ वर्ष सदुपयोग गर्न पुराना दलहरूलाई सुझाएका छन् । 

सभापति लामिछानेले ४ वर्षपछि हुने संसदीय निर्वाचनमा भर्खरै आएका नयाँ दलको जमानत जफत हुने गरी पुराना दललाई काम गर्न अपिल समेत गरेका छन् । 

उनले अहिलेको समयलाई अन्तिम अवसरको सदुपयोग गरी विगत ३३ वर्षको गल्ती सच्चाउन सचेत गराएका छन् । 

उनले भनेका छन्, ‘अबको ४ वर्ष तपाईँहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाकछोप गरी प्रमाण लुकाएर थप अपराधीहरुलाई छुटाउने, बचाउने हो त्यो तपाइँहरुको जिम्मा !’ 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : ३१ बजे

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि

मुगुमा भारी वर्षासँगै हिमपात, जनजीवन कष्टकर बन्दै

मुगु– मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो

नाइजेरियामा सैन्य अखडामा आक्रमण विफल, ४८ लडाकु मारिएको सेनाको दाबी

एजेन्सी– नाइजेरियाली सेनाले देशको उत्तरपूर्वी क्षेत्रमा रहेका दुई सैन्य अखडामा

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध