पुराना दललाई रविको अपिल– ‘नयाँ पार्टीहरूको जमानत जफत हुनेगरि काम गर्नुहोस्’ « Khabarhub

पुराना दललाई रविको अपिल– ‘नयाँ पार्टीहरूको जमानत जफत हुनेगरि काम गर्नुहोस्’


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा रहेका पुराना दलहरूलाई रास्वपा बाहेकको सहमतिको सरकार बनाउन सुझाव दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पूर्ण पुराना दलहरूलाई अपिल शीर्षकमा सबै दलहरू मिलेर सरकार बनाउन आग्रह गर्दै आफूहरू प्रतिपक्षमा बस्ने बताएका हुन्।

सभापति लामिछानेले ठूला दलले मिसन ०८४ को रटान गरेको पटक्कै नसुहाएको भन्दै अहिले नै काम गर्ने समय भएको र चार–चार वर्ष बाँकी हुँदा नै मिसन ०८४ को अर्थ नहुने टिप्पणी गरे ।

उनले देशमा व्याप्त बेथितिलाई ठिक गर्ने अन्तिम अवसरका रुपमा अबको ४ वर्ष सदुपयोग गर्न पुराना दलहरूलाई सुझाएका छन् । 

सभापति लामिछानेले ४ वर्षपछि हुने संसदीय निर्वाचनमा भर्खरै आएका नयाँ दलको जमानत जफत हुने गरी पुराना दललाई काम गर्न अपिल समेत गरेका छन् । 

उनले अहिलेको समयलाई अन्तिम अवसरको सदुपयोग गरी विगत ३३ वर्षको गल्ती सच्चाउन सचेत गराएका छन् । 

उनले भनेका छन्, ‘अबको ४ वर्ष तपाईँहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामी बाहेकको सहमतीय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौँ । यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाकछोप गरी प्रमाण लुकाएर थप अपराधीहरुलाई छुटाउने, बचाउने हो त्यो तपाइँहरुको जिम्मा !’ 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : ३१ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न