रमिलाको तीज गीत ‘पशुपतिमा’ सार्वजनिक « Khabarhub

रमिलाको तीज गीत ‘पशुपतिमा’ सार्वजनिक


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायिका रमिला न्यौपानले यस वर्षको तीजलाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गरेकी छिन् । ‘पशुपतिमा’ बोलको गीतमा उनलाई खुमन अधिकारीले साथ दिएका छन् ।

गीतमा न्यौपानेका साथै बन्दना पाण्डे, साया पाण्डे र राजेन्द्र बाजुरालीको स्वर रहेको छ ।

बाबुराम बोहराको शव्द रहेको गीतको संगीत खुमन अधिकारीको रहेको छ । म्युजिक भिडियोमा सुरक्षा पन्त र खुमन अधिकारीले नृत्य गरेका छन् ।

गीत सनराइज म्युजिकले बजारमा ल्याएको हो ।

गायिका न्यौपानेले १५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १४ वटा लोकसंगीतका एल्बम बजारमा ल्याइसकेकी न्यौपानेले ‘म त आउँदिन है कालु हो, मेड इन नेपाल, झमझम् दर्कियो पानी, ओम शिव शंकर भोला, आँखा मारी–मारी, बर्बादै भयो, आशीर्वाद माग्छु, घाम लाग्यो शितलु भयो, काठमाडौंमा ट्याक्सी चलाउने, नराम्ररी फसें, फेसबुकमा फोटो, आउ–आउ माया, सिस्नुपानीलगायतका एल्बममा स्वर दिएकि छिन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १२ : ३४ बजे

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बेलायत अमेरिकी ‘शान्ति बोर्ड’मा सामेल नहुने

एजेन्सी – बेलायतले डाभोसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर