दक्ष जनशक्ति देशमै बस्नुपर्छ, दिगो विकास र समृद्धि हाम्रै पालामा सम्भव छ : अर्थमन्त्री महत « Khabarhub

दक्ष जनशक्ति देशमै बस्नुपर्छ, दिगो विकास र समृद्धि हाम्रै पालामा सम्भव छ : अर्थमन्त्री महत


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको बताएका छन् । चैतन्य एकेडेमीले धुलिखेलमा आयोजना गरेको सुशासन, दिगो विकास र समृद्धि विषयक कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले इन्टर पास भइसकेपछि बाहिर जाने संस्कृतिलाई रोक्नुपर्ने बताए ।

‘नेपालमा शिक्षाको गुणस्तर कमजोर छ । यहाँ पढ्नु हुँदैन भन्ने गलत भाष्यको विकास गरिँदै छ । हाम्रासामु पुरानो इतिहास पनि छँदैछ । अहिले राम्रो हुँदैछ । राम्रो भएको छ । हामीले राम्रो गर्नुपर्छ । राम्रो गर्न सम्भव छ । हामी त्यो गरिरहेका छौं,’ उनले भने । उनले छात्रवृति पाउँदा मात्र उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने धारणा राखे ।

नेपालमा अवसर नभएको भन्दै यहाँ राम्रो काम गरिरहेकाहरू बाहिर गएको र त्यहाँ सामान्य काम गरिरहेको बताउँदै उनले नेपालका सम्भावनालाई छोडेर बाहिर जान नहुने बताए ।

उनले देशको दक्ष जनशक्ति मुलुकमै बस्नुपर्ने बताएका छन् । सबै मिलेर इमान्दार भएर काम गर्दा मुलुकमा दिगो विकास र समृद्धि हासिल गर्न सकिने उनले बताए । यसका साथै मुलुकको अर्थतन्त्र सुशारका लागि सरकार लागि परेको उनले बताए । मुलुकमा सुशासन, दिगो विकास र समृद्धि कायम गर्न सरकारले काम गरिरहेको मन्त्री महतले बताए ।

‘विकसित मुलुक एकै पटक विकसित भएका होइनन् । नतिजा आउन समय लाग्छ । अहिले हामीले इमान्दारिताका साथ काम गरिरहेका छौं, नेपालमा विकास सम्भव छ’, उनले भने । कोरोना महामारीलगायत विभिन्न कारणले नेपालमात्र नभएर विश्वकै अर्थतन्त्र अप्ठ्यारो परिरहेको समयमा तत्कालको कुरामातत्र नहेरेर आउँदो पिडिसम्मलाई फाइदा पुग्ने कुरामा सरकार केन्द्रित रहेको उनले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : ०० बजे

यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : अर्जुन कुमालको डेब्यू

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,