बागमती प्रदेशमा पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक « Khabarhub

बागमती प्रदेशमा पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र जापानको विदेश मन्त्रालयका डेपुटी मन्त्री सिमेजु फुमिजोबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आज बिहान जापानको विदेश मन्त्रालयमा भेटघाट र छलफल भएको मन्त्री दुलालका स्वकीय दीपक न्यौपानेले जानकारी दिए । भेटमा जापान सरकार र बागमती प्रदेश सरकारबीच र प्रदेश र स्थानीय तहका पूर्वाधार र कृषि क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

जापानका विदेश मन्त्री फुमिजोले नेपालमा प्रदेश र स्थानीय तहसँग मध्यम र साना आयोजनामा काम गर्न सकारात्मक रहेको बताएका थिए । उनले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि प्रयोग गर्नका लागि जापान सरकार तयार रहेको बताएको स्वकीय सचिव न्यौपानेले जानकारी दिए ।

भेटमा मन्त्री दुलालसँगै नेपालकातर्फबाट बागमती प्रदेश सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, चौँरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, राजदूताबासका प्रथम सचिव जीतबहादुर कार्की र नेपाली जनप्रगतिशील मञ्च, जापानका नेता हवलचन्द्र लामाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ५ : १७ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति