‘कबड्डी ३’को गीत ‘दूबो फुल्यो’का संगीतकार भन्छन्- आलोक श्रीको गीत चोर्नुपर्ने कुरै छैन « Khabarhub

‘कबड्डी ३’को गीत ‘दूबो फुल्यो’का संगीतकार भन्छन्- आलोक श्रीको गीत चोर्नुपर्ने कुरै छैन


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘कबड्डी ३’मा समावेश लोकशैलीको ‘दूबो फुल्यो’ गीतको संगीत चोरीको आरोप लागेपछि संगीतकार एसडी योगीले आफूले यो गीत सुन्दै नसुनेको प्रतिक्रिया दिएका छन् । उनले आफूले संगीत सिकेरै यो क्षेत्रमा आएका आलोक श्रीको गीत चोर्नुपर्ने अवस्था नआएको प्रतिक्रिया दिए ।

‘मैले उहाँको गीत चोर्नुपर्ने कुरै आउँदैन, उहाँले त मैले गीत चोरी गरेको, कपी गरेको भनेर पनि स्वीकार गरिसक्यो भनेर भन्नुभएको छ, त्यो गलत हो,’ संगीतकार योगीले भने, ‘गीत पनि पूरै मिलेको छैन, लोकलयमा अलिअलि मिल्नु स्वभाविक नै होझैँ लाग्छ ।’

गीत चोरीको आरोप लागेपछि आलोक श्रीसँग पहिलो चरणको कुराकानी गरेको तर गीत चोरी र नाम राख्ने भन्नेमा कुनै निर्णय नभएको प्रतिक्रिया दिए । ‘उहाँले गीतमा नाम राख्ने र क्षतिपूर्ति पनि माग गर्नुभएको छ, तर हामीबीच कुनै निर्णय भएको छैन,’ योगीले भने ।

उनले यो गीत यसअघि सुन्दै नसुनेको पनि बताए । उनले भने, ‘आलोक दाइले त मिडियामा गीतबाट इन्स्पायर भएको स्वीकारेको भन्नुभएको रहेछ, तर मैले त्यस्तो भनेको होइन ।’

संगीतकार योगीले आफूले आलोक श्रीका गीत सुन्दै हुर्के पनि गीत चोर्नु पर्ने जरुरी नै नभएको बताए । ‘उहाँले त उक्त गीत सानैदेखि सुन्दै आएको भन्नुभएको रहेछ, त्यो गीत ३ वर्षअघि सार्वजनिक भयो भने कसरी सानैदेखि सुनेँ,’ उनले प्रतिप्रश्न गर्दै भने, ‘कुनै बेला उहाँ पनि चर्चित संगीतकार हो, गीत नै नसुन्ने भन्ने होइन, तर ‘फोटो सिरानीमा’ गीत सुनेको थिइनँ ।’

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १ : ०१ बजे

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी