आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ विजयी गराउनुपर्छ : ओली « Khabarhub

आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ विजयी गराउनुपर्छ : ओली


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मोरङ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीलाई बहुमतसहित सातै प्रदेशमा विजय गराउनुपर्ने बताएका छन् ।

एमाले कोशी प्रदेशको अधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टीले लिएको ‘मिशन–८४’ अन्तर्गत प्रत्येक टोल, वडा, जिल्ला, प्रदेश र सङ्घमा ५१ प्रतिशत मतका साथ पार्टीलाई विजयी गराउन निर्देशन दिए ।

अध्यक्ष ओलीले जनताको समस्या बुझ्ने पार्टी एमाले मात्र भएको दावी गर्दै विगतमा एमाले ल्याएको ज्येष्ठ नागरिक वृद्ध भत्ता, महिलालाई प्रत्येक क्षेत्रमा ३३ प्रतिशत आरक्षण र महिला उद्यमीलाई चार प्रतिशत ब्याजमा दिएको ऋणले जनताले पार्टीलाई माया गरी विजयी गराउने विश्वास व्यक्त गरे ।

उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को जनताको आकङ्क्षा एमालेले मात्र पूरा गर्ने बताउँदै पार्टीले लिएको एउटा बाटो, एउटा नीतिका आधारमा मुलुकको विकास हुने विचार राखे । अध्यक्ष ओलीले पार्टीभित्र गरेका कामका आधारमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै सहमति वा निर्वाचनमा आधारमा जे भए पनि लोकतान्त्रिक विधि पार्टीको मुलमन्त्र रहेको विचार राखे ।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, सचिव एवं कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ, पूर्वमन्त्री शिवमाया तुम्वाहाम्फे र प्रदेश अध्यक्ष तुलसी न्यौपानेले पार्टीको नेतृत्वमा कुनै विवाद रहेको र लोकतन्त्र संरक्षण गर्न कार्यकर्तालाई आह्वान गरे । दुई दिने अधिवेशनमा प्रदेशको नयाँ नेतृत्व चयन हुनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १० : २० बजे

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद