सशक्त गीतकार राजेन्द्र थापा « Khabarhub

सशक्त गीतकार राजेन्द्र थापा


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

नेपाली गीतसङ्गीत साहित्य वा सिनेमाको चर्चा गर्दा लामो समयदेखि एउटा गीतको व्यापक चर्चा हुन्छ। त्यो गीतको कुरा गर्दा गीतकारको होइन गायिकाको गीत भनेर चर्चा बढी हुन्छ।

कुनै भूमिगत लडाइँमा आबद्ध लडाकुले आफ्नो आत्मकथा व्यक्त गर्दा पनि त्यही गीतको कुरा गर्छन्। तर गीतकारको होइन गायिकाको गीत भनेर कुरा गर्छन्।

गीत लामो समयदेखि गायिकाको वियोगान्त जीवन दुखान्त कथा र अतीत मोहको आत्मवृत्तिले गर्दा त्यो गीत गायिकाको नै हो भनेर प्रमाणित हुनगयो। किनभने गीतमा सम्पूर्णत गायिकाको आत्मवृत्तान्त पोखिएको छ।

आफ्नो पतिको निधन भएपछि गीत नगाउने भनेर गीतसंगीतबाट अलग भएर बसेकी गायिका अरुणा लामाले पति शरण प्रधानको निधनपछि गाएको पहिलो गीत हो ‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ’। जसले पनि यो अरुणा लामाको गीत भन्ने गरेको पाइन्छ। तर यस गीतका गीतकार हुन् राजेन्द्र थापा।

यसमा अम्बर गुरुङको संगीत छ। राजेन्द्र थापाको यो गीतलाई धेरै कमले राजेन्द्र थापाको र धेरैले अरुणा लामाको भनेर चर्चा गरेको पाइन्छ।

राजेन्द्र थापा नेपाली गीतकारिताको इतिहासमा रेडियो नेपालको भव्य इतिहास सुरु भएपछि केही मानिएका गुनिएका गीतकारको पंक्तिमा आवद्ध व्यक्तित्तव हो। रत्नशम्शेर थापा, किरण खरेल, माधवप्रसाद खनाल, राममान तृषित, लक्ष्मण लोहनी, रमेश धितालसँगसँगै राजेन्द्र थापा सम्मान पूर्वक गनिने नाम हो।

रेडियो नेपाल स्थापना भएको ठिक एक वर्षपछि २००८ साल भदौ १७ गते काठमाडौंमा जन्मिएका राजेन्द्र थापा चलचित्रका कथा, पटकथा, संवाद लेखक हुन्। बहुप्रतिभाका धनी थापा नाटक र उपन्यास लेखक भएनन् कि हरेक विधामा उनको प्रशंसा छ। तर राजेन्द्र थापालाई गीतकारको रूपमा चिनाउने श्रेय सङ्गीतकार शिव शङ्करलाई जान्छ।
शिव शंकरको सङ्गीतमा पहिलो गीत रेकर्ड भएपछि राजेन्द्र थापा चर्चामा आउन थाले। तर राजेन्द्र थापाका कुनै पनि गीतको प्रसङ्ग उठ्दा ती गीतको चर्चा र रचनाकारिताको कुरा सदैव हुनेगर्छ।

गीतको लेखकको हिसाबले, गीतको संरचनाको हिसाबले राजेन्द्र थापाका गीतहरू गीत जस्ता पनि छन्। कुनै कुनै गीत गजल जस्ता पनि छन्। सबै विधामा उहाँको पोख्त क्षमता देखिन्छ।

प्रेमध्वज प्रधानको ‘पर लैजाऊ फूलहरू बन्द गर गीतहरू’ वा अरुणा लामाले जीवन कालको अन्तिम समयमा गाएको गीत ‘यो मन त तलाउ हो, ढुङ्गा नफ्याँक’ गीत त्यत्तिकै लोकप्रिय रह्यो। नातिकाजीको सङ्गीतमा फत्तेमान राजभण्डारीले गाएको ‘तिम्रो एक एक दुःखलाई मैले नजिकबाट देखेको छु’ प्राय गायक गायिकाले सङ्गीतकारले आफ्नो अभ्यास गर्ने बेला वा रियाज गर्ने बेला बिहान गाउने गीत भनेर परिभाषित गरेका छन्।

यी धेरै गीतकारको इतिहास बोकेका राजेन्द्र थापा गीतकार मात्र होइनन्। गीत जन्माउने स्रष्टा मात्र होइनन्। गायक गायिकालाई संगीतकारलाई स्थापित गर्ने नाम पनि हो। उनको गीत नगेन्द्र हाडाको स्वरमा, शिवशङ्करको सङ्गीतमा ‘केही दिनहरू केही रातहरू’ त्यतिकै लोकप्रिय भयो।

गायक ध्रुव केसीले गाएको गीत ‘सबै भन्छन्’ पनि लोकप्रिय भयो। रमेश ताम्राकारले गाएको ‘दिन सुनको रात चाँदीको’ त्यत्तिकै लोकप्रिय भयो। यी लोकप्रियताको इतिहास ३० र ४० को दशकको समयको हो। तर राजेन्द्र थापा निरन्तर रूपमा गीत लेखिरहने र रेडियो नेपालको इतिहाससँग जोडिएका गीतकारसँग प्रतिस्पर्धामा बसेर गीत लेख्दै आएका उनी अहिलेको समयसम्म पनि चर्चित गीतकार मानिन्छन्।

चाहे चलचित्रका गीत हुन्, चाहे रेडयोका गीत हुन वा निजी एल्बमका गीत हुन्। अहिले पनि राजेन्द्र थापाले नेपाली फिल्ममा नेपाली टेलिभिजन सिरियलमा विशेष गरेर बद्री अधिकारी निर्देशित ‘अविरल बग्दछ इन्द्रावतीमा’ दीप श्रेष्ठको सङ्गीतमा, स्वर दिब्य खालिङको सङ्गीतमा रेकर्ड भएको गीत निकै लोकप्रिय रह्यो।

गीतकार राजेन्द्र थापा भारतका प्रसिद्धप्रसिद्ध गीतकारसँग तुलना गर्दा पनि उच्च कोटीका वा तीसँग पनि प्रतिस्पर्धा गर्न सक्ने गीतकारका रूपमा चिनिन्छन्। गीत कसरी लेख्ने, लेखेका गीतको शैली के हो, कस्तो हो त्यो बारे पनि कुरा गर्न सक्ने गीतकार हुन्।

राजेन्द्र थापाको गीतहरूको चर्चामा वसन्त क्षेत्रीले सङ्गीत गरेका गीतहरू पनि लोकप्रिय छन्। गीतकार राजेन्द्र थापाले नेपाली कथानक चलचित्र मायालु, साइतमा पनि आफ्नो सिर्जनात्मक योगदान दिएका छन्। उनलाई सक्रियता र सिर्जन शीलताको कामना।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १० : ४१ बजे

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ