मन्त्री बस्नेतद्वारा जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन « Khabarhub

मन्त्री बस्नेतद्वारा जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गरेका छन् ।

भवनको अभावमा खाली स्थानमा अध्ययन गर्न बाध्य विद्यार्थीहरू अब भने कक्षाकोठामा बसेर पढ्न पाउने भएका छन् । भेरी नगरपालिका– ५ स्थित काफलचौरमा निर्माण भएको जाजरकोट बहुप्राविधिक शिक्षालय रु पाँच करोड १८ लाखमा निर्माण भएको हो । भवन रोयल कन्स्ट्रक्सन निर्माण कम्पनीले २०७८ पुस २६ गते सम्झौता गरी निर्माण सुरु गरेको थियो ।

सो अवसरमा मन्त्री बस्नेतले विद्यार्थीहरूलाई सम्बोधन गर्दै मेहनतबाटै सफलता प्राप्त हुनेमा जोड दिए। उनले शिक्षालयमा नयाँ कार्यक्रमसमेत थप्ने तयारी भइरहेको बताउँदै शिक्षालयसम्म पुग्ने सडक निर्माणका लागि काम भइरहेको बताए ।

सो अवसरमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, पूर्वशान्तिमन्त्री सत्यपहाडी, भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीको पनि सहभागिता थियो ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ३ : २१ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्