प्रदेशस्तरीय ब्याडमिन्टनमा खड्का र कार्की विजयी « Khabarhub

प्रदेशस्तरीय ब्याडमिन्टनमा खड्का र कार्की विजयी


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बेनी- म्याग्दीको बेनीमा आज सम्पन्न गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको खुला पुरुषतर्फको उपाधि कास्की पोखराका विशाल खड्का र मनोहर कार्कीको जोडीले जितेका छन् ।

म्याग्दी कोरला यातायात प्रालिले आयोजना गरेको दोस्रो कोरला कप ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा कास्कीका विशाल बस्नेत र आशिष श्रेष्ठको जोडीलाई पराजित गर्दै खड्का र कार्की च्याम्पियन बनेका हुन् ।

निकै प्रतिस्पर्धा भएको खेलमा विजयी जोडीले पहिलो र तेस्रो तथा उपविजेताले दोस्रो सेट आफ्नो पक्षमा पारेका थिए । विजेताले कप, मेडल र प्रमाणपत्रसहित नगद रु ४० हजार तथा उपविजेताले रु २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

तेस्रो भएका बेनीका सुरेन्द्र हमाल र किसान खड्का तथा सन्दीप अधिकारी र प्रवेश मगरको जोडीले रु सात हजार पाँच सयका दरले नगद पुरस्कार प्राप्त गरे । प्रदेशस्तरीय प्रतिस्पर्धामा ८४ जोडीले सहभागिता जनाएका म्याग्दी ब्याडमिन्टन सङ्घका अध्यक्ष सचिन शाक्यले जानकारी दिए ।

सोह्र टिमको सहभागिता रहेको ४५ वर्षमाथिको खुला ‘भेट्रान्स’ प्रतियोगितामा कृषकको कृषि औजार कारखाना तथा गौरव मुना सुन चाँदी पसलका शम्भुकुमार श्रेष्ठ र राजेश गुरुङ विजेता, कुश्माका प्रेम गुरुङ र सञ्जय कपालीको जोडी उपविजेता भए । बेनीका कुलदीप जुग्जाली र रवीचन्द्र टोना तथा रमेशकुमार श्रेष्ठ र रत्नबहादुर थजालीको जोडी तेस्रो भए ।

भेट्रान्समा विजेता, उपविजेता र तृतीय हुने जोडीलाई कप, मेडल र प्रमाणपत्रसहित क्रमश रु ३० हजार, २० हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरिएको म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीले बताए ।

म्याग्दी जिल्लास्तरीय ‘सि लेभल’ ब्याडमिन्टन प्रतियोगितामा बेनीका सज्जन शाक्य र रियान थापाको जोडी विजेता, तातोपानीका अन्जान पुन र मिलन घर्तीको जोडी उपविजेता भए । बेनीका दलबहादुर पुन र उपेन्द्र कार्की तथा कुलदीप जुग्जाली र प्रकाश पौडेलको जोडी तृतीय भएका छन् ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पदक विजेता खेलाडीलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बेनी नगरपालिका–७ का अध्यक्ष रमेश श्रेष्ठ, म्याग्दी कोरला यातायात प्रालिका कार्यवाहक अध्यक्ष मोहन केसीलगायतले पुरस्कार वितरण गरे ।

सिलेभल प्रतियोगितामा कृषकको कृषि औजार कारखानाबाट सहभागी भएका प्रकाश पौडेललाई खेल अनुशासन उल्लङ्घन गरेकाले रेफ्रीले रातो कार्ड देखाएका थिए । पौडेललाई नगद रु दुई हजार जरिवाना तिराएर नेपाली ब्याडमिन्टन सङ्घको केन्द्रीय समितिमा कारबाहीको जानकारी गराउने ब्याडमिन्टन सङ्घ म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ९ : ४७ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा