पहिलो पटक मनाइयो भक्तपुर ग्रासरुट डे « Khabarhub

पहिलो पटक मनाइयो भक्तपुर ग्रासरुट डे


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–  भक्तपुर जिल्लाका लिजेण्ड खेलाडी स्व .रामहरि श्रेष्ठको सम्झनामा भक्तपुर ग्रासरुट डे (दिवस) शनिबार मनाइएको छ ।
यस्तो प्रकारको दिवस नेपालमै पहिलो पटक मनाइएको आयोजकले दावी गरेका छन् ।

 प्रत्येक वर्ष बाल दिवसको अवसरमा मनाउने गरी तय भएको यस कार्यक्रम यसवर्ष वर्षाका कारणले भाद्र २९ गतेलाई स्थगित गरेर शनिबार मनाइएको जनाइएको छ । कार्यक्रममा प्रमुख अतिथि क्लबका संरक्षक श्यामसुन्दर धौभडेल, विशेष अतिथि भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, अतिथि क्लबका सल्लाहकार रवीन्द्र पुरी, कृष्णहरि सैजु, विनय श्रेष्ठ, जिल्ला प्याब्सनका अध्यक्ष एव क्लबका सल्लाहकार सुरेन्द्र तुबन्जार, एनप्याबसन जिल्ला अध्यक्ष एव क्लबका सल्लाहकार सन्जय खडका, क्लबको विशेष समिति संयोजक अनिल राजभण्डारी, सुशील सैजु, भक्तपुर ११ का स्थापक शिवजी श्रेष्ठ, बाबुकाजी मगर, स्व रामहरि श्रेष्ठको पुत्र अतलहरि श्रेष्ठ र स्व रामहरि श्रेष्ठको परिवारको उपस्थितिमा क्लबका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा सम्पन्न भएको छ ।

कार्यक्रममा सामूहिक रुपमा सहभागी खेलाडी तथा अतिथिहरुबाट सयुक्त रुपमा बेलुन उठाएर सुरु गरिएको थियो । कार्यक्रममा स्वयंसेवक प्रशिक्षकको रुपमा २० बर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक उज्वल्ल मानन्धर, एन आर टि क्लवका मुख्य प्रशिक्षक एव क्लबका बिर्ड सदस्य जीवन सिकेमान, अखिल नेपाल फुटबल संघका पूर्ब ग्रासरुट हेड एव क्लबका बोर्ड सडस्य मनोज रन्जित तथा राष्ट्रिय टिमका खेलाडीहरुको सहभागिता रहेको थियो 

कार्यक्रममा जिल्लाका ११ वटा स्कुलका टिमहरु सहभागी रहेका थिए । भक्तपुर नगरपालिकाका चारवटा, मध्यपुर थिमि नगरपालिकाका चारवटा, सूर्यविनायक नगरपालिकाका दुईवटा र एउटा आफनै टिम रहेको थियो । मदरल्याण्ड इ स्कुल, पारागन एकेडेमी, न्यातापोल इ स्कुल, रोम्बस नेशनल स्कुल, जेइन्युन इ स्कुल, ख्वप्रीङ्ग इ एकेडेमी, जनप्रेमी, वल्र्ड स्कुल, कौसलटार इ स्कुल, नवरत्न इ से स्कुल, सिद्धी मेमोरियल सिद्धि मेमोरियल वीएफसी एकेडेमी लगायतबाट सहभागी थिए ।

कार्यक्रममा भक्तपुर ११ सस्थापक शिवजी श्रेष्ठ, बाबुकाजी मगर, बद्री लागायतलाई सम्मानसहित क्लबको अफिसियल टिसर्ट हस्तान्तरण गरिएको थियो भने क्लबका सल्लाहकार रबीन्द्र पुरीबाट स्व रामहरि श्रेष्ठका सुपुत्र अटलहरि श्रेष्ठलाई सम्मानसहित टिसर्ट बितरण गरिएको थियो । सहभागी खेलाडीहरूबाट उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार बितरण गरिएको थियो । स्व रमहरि श्रेष्ठको फोटोमा प्रमुख अतिथिबाट माल्यार्पन गरेको थियो । 

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : ०९ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान