माल्दिभ्समा चीन समर्थक मोहम्मद मुइज राष्ट्रपतिमा निर्वाचित « Khabarhub

माल्दिभ्समा चीन समर्थक मोहम्मद मुइज राष्ट्रपतिमा निर्वाचित


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

माले– माल्दिभ्सको राष्ट्रपति चुनावमा विपक्षी उम्मेदवार मोहम्मद मुइज विजयी भएका छन् । प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) का उम्मेदवार मुइजले वर्तमान भारत समर्थक राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई पराजित गरेका छन् । 

मुइज हाल देशको राजधानी माले सहरका मेयर छन् । उनलाई चीनको समर्थक मानिन्छ । उनको चीनसँग बलियो सम्बन्धमा रहेको मानिन्छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सबै ५८६ मतपेटिकाको नतिजा गणना गरेपछि मुइजले ५३ प्रतिशत मत पाएका हुन् । जबकि वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले ४६ प्रतिशत मत पाएका थिए । 

यस निर्वाचनमा मुख्य प्रतिस्पर्धा वर्तमान राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहमुइजबीच भएको थियो । यो चुनाव माल्दिभ्सका जनताले भारत र चीनबीच कसलाई नजिक राख्न चाहन्छन् भन्नेमा एक किसिमको जनमत संग्रह रूपमा हेरिएको थियो। राष्ट्रपति पदका लागि शनिबार दोस्रो पटक मतदान भएको हो । सेप्टेम्बर ८ मा भएको मतदानमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसके पछि हिजो दोस्रो पटक निर्वाचन भएको हो ।

राष्ट्रपति चुनावमा आफ्नो जितपछि मुइजले एक विज्ञप्तिमा आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिए। ‘आज धेरै खुसीको दिन हो, म माल्दिभ्सका सबै जनतालाई हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘आजको नतिजाले हाम्रो देशको राम्रो भविष्य निर्माण गर्न र हाम्रो राष्ट्रको सार्वभौमसत्ता सुनिश्चित गर्ने हाम्रो प्रयासलाई बलियो बनाउनेछ।’ 

उनले भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय भोगिरहेका पूर्व राष्ट्रपति अब्दुल्ला यामीनलाई रिहा गर्न पनि सरकारलाई आग्रह गरेका थि

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ८ : २१ बजे

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ