१९औँ एसियाली खेलकुद : नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनलमा पुग्दा अभिनाश बोहराको कीर्तिमान | Khabarhub Khabarhub

१९औँ एसियाली खेलकुद : नेपाल पुरुष क्रिकेटको क्वाटरफाइनलमा पुग्दा अभिनाश बोहराको कीर्तिमान


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले पराजित गरेको हो । नेपालले अब समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीङ्लका र अफगानिस्तानमध्ये एउटासँग खेल्ने छ ।

चीनको हाङ्झाउमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय १२ रन बनाएको थियो । दुई सय १३ रनको विजय लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी १९ दशमलव चार ओभरमा मात्र ७४ रनमा समेटियो । यस क्रममा नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिए ।

उनले तीन दशमलव चार ओभर बलिङ गर्दै मात्र ११ रन खर्चे । टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ विकेट लिने बोहरा पहिलो नेपाली बलर हुन् । यसअघि टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान पाँच–पाँच विकेट लिएका थिए । आज नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने, गुलशन झा र कुशल भुर्तेलले समान एक विकेट लिए ।

माल्दिभ्सका लागि ब्याटिङ गर्ने क्रममा मुएवियाथ अब्दुल घानीले ३४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३६ रन बनाए । यस्तै राशिद राशमले १२ तथा सिउस फरिदले १० रन बनाए । यसअघि नेपालका कप्तान रोहितकुमार पौडेलले २७ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले ।

यस्तै  कुशल मल्लले २० बलमा तीन चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए । कुशल भुर्तेलले १८ बलमा पाँच चौका र एक छक्कासहित ३५ रन, गुलशन झाले २१ बलमा एक चौका र तीन छक्कासहित ३५ रन तथा विनोद भण्डारीले १५ बलमा एक चौकासहित १३ रन बनाए । बलिङतर्फ माल्दिभ्सका बदिउ इस्माइल नाजवानले तीन विकेट लिए ।  नेपालले यसअघि पहिलो खेलमा मङ्गोलियालाई दुई सय ७३ रनले पराजित गरेको थियो ।

समूह ‘ए’बाट अपराजित रहँदै नेपालले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । समूह ‘ए’मा रहेका मङ्गोलिया र माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएका छन् । पाँच टेस्ट मुलुक भारत, पाकिस्तान, बङ्लादेश, श्रीलङका र अफगानिस्तानले सोझै क्वाटरफाइनलमा मौका पाएका छन् । समूह ‘बी’बाट हङकङ क्वाटरफाइनलमा प्रवेश गरेको छ भने समूह ‘सी’बाट क्वाटरफाइनलमा प्रवेश गर्ने टोलीको टुङ्गो लागेको छैन ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ३ : ५६ बजे

मनिष झाको तर्क- पुराना दलले देशको अवस्था बिग्रिनुमा रास्वपालाई दोष दिएर पन्छिन खोजे 

काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष

डेङ्गीबाट बच्न सचेत रहन कामपाको आग्रह 

काठमाडौं– गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले

गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाब–किताब : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले उपप्रधानमन्त्री तथा

वैतेश्वरमा एक सय ४० वटा गोरेटो बाटो निर्माण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकामा एक सय ४० वटा पक्की गोरेटो

गृहमन्त्रीले हुकुमी शासन चलाउन खोजेको हो ? : रामहरि खतिवडा

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई