नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो « Khabarhub

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आइतबार दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार नेप्से ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० विन्दुमा कायम भएको छ ।

आज विभिन्न दुई सय ८४ कम्पनीका ६७ लाख २३ हजार चार सय कित्ता शेयर ८२ हजार आठ सय पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८३ करोड चार लाख ८६ हजार सात सय ४३ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ ।

सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ३२ र वित्त समूह दुई दशमलव १७ प्रतिशतले घटेको छ । आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सनराइज फस्ट म्युचुअल फन्ड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, एसियन हाइड्रोपावर लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू १४ करोड ७३ लाख ६० हजार सात सय ४३ बराबरको तीन लाख १८ हजार सात सय २४ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ४ : ३२ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन