नौ महिनामा भित्रिए आठ लाख पर्यटक « Khabarhub

नौ महिनामा भित्रिए आठ लाख पर्यटक


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् ।

पछिल्लो सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ९२ हजार छ सय चार पर्यटक नेपाल आएका थिए ।

नेपालमा पर्यटकीय सिजन सुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेकाले लक्ष्यमा पुग्न सहज हुने बताए । पछिल्लो पर्यटक आँकडा कोभिड–१९ पूर्वको पर्यटक आगमनको ९० दशमलव २८ प्रतिशत हो । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

सेप्टेम्बर महिनामा पनि सबैभन्दा बढी भारतबाट २८ हजार छ सय ४२, चीनबाट आठ हजार एक सय ७४, अमेरिकाबाट सात हजार तीन सय ६४, बङ्गलादेशबाट तीन हजार सात सय १६ पर्यटक नेपाल आएका छन् ।

यस्तै अष्ट्रेलियाबाट तीन हजार छ सय ८५, संयुक्त अधिराज्यबाट तीन हजार छ सय ४०, श्रीलङ्काबाट तीन हजार ११, जर्मनीबाट दुई हजार आठ सय ५२, दक्षिण कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार सात सय ३४ पर्यटक नेपाल भित्रिएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : १४ बजे

मन्त्रीहरूलाई रिबन काट्न र भाषणबाजी गर्न निषेध !

काठमाडौं- अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व रवि लामिछानेले गरिरहेका छन्

जलवायुमैत्री खेती लगाउन सिक्दै किसान

टीकापुर– कैलालीका किसान जलवायुमैत्री खेतीमा प्रोत्साहित भइरहेका छन् । विभिन्न

सुदूरपश्चिममा लोकप्रिय ‘महेन्द्रनगर मावि’

महेन्द्रनगर– यहाँको महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालय सुदूरपश्चिमकै लोकप्रिय विद्यालयको रूपमा

सुकुम्वासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु

भक्तपुर– सुकुम्वासीका अस्थायी शिविर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम

संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज