बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा सकारात्मक कार्य गर्नुपर्छ : मन्त्री आचार्य | Khabarhub Khabarhub

बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा सकारात्मक कार्य गर्नुपर्छ : मन्त्री आचार्य


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा सबै पक्षले सकारात्मक कार्य गर्नुपर्ने बताएका छन् ।

ज्येष्ठ नागरिक आश्रम निर्माणार्थ भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताँथलीमा सञ्चालित श्रीमद्भागवत विराट ज्ञान महायज्ञमा उनले बालबालिका र ज्येष्ठ नागरिकको खानपान तथा बसोबासका लागि  आयोजना गरिएको महायज्ञ सकारात्मक कार्य भएको बताए । ‘सामाजिक क्षेत्रमा गरिएका कामले मानिसको पहिचान बनाउँछ । महायज्ञले लिएको संकल्प पूरा गर्न सबैको सहयोग आवश्यक छ’, मन्त्री आचार्यले भने ।

महायज्ञमा सङ्घीय सुनुवाइ समितिका सभापति एवं सङ्घीय सांसद किरणकुमार शाहले ज्येष्ठ नागरिकको हकहितले नै धर्म प्राप्ति हुने बताए। उनले राजनीतिभन्दा माथि उठेर सनातन धर्म र संस्कृतिका बारेमा सबैले सिक्नुपर्ने बताए । सडकमा रहेका बालक तथा ज्येष्ठ नागरिकलाई निःशुल्क गास, बास र कपासको व्यवस्थाका महायज्ञद्वारा थालिएको संकल्प पूरा हुनुपर्ने उनले औँल्याए ।

कार्यक्रममा ४० बढी ज्येष्ठ नागरिकलाई सम्मान 

विराट पितृ मुक्ति महायज्ञमा ७० वर्ष माथिका ४० भन्दाबढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । महायज्ञमा सहभागी भएका विभिन्न जिल्लाबाट आउनुभएका ज्येष्ठ नागरिकलाई महायज्ञका गुरु एवं संकल्पकर्ता बालयोगेश्वर श्री विजयमूर्ति महाराज श्रीले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् । महायज्ञ असोज २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ४ : ३४ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको