बाँके राष्ट्रिय निकुञ्जमा टाइमकार्डको व्यवस्था लागू « Khabarhub

बाँके राष्ट्रिय निकुञ्जमा टाइमकार्डको व्यवस्था लागू


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

बाँके- पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जमा सोमबारदेखि ‘टाइमकार्ड’ लागू गरिएको छ । राजमार्गमा सवारी साधन दुर्घटनाका साथै सवारी साधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने दर बढेपछि टाइमकार्ड लागू गरिएको निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले बताए । “निकुञ्ज क्षेत्रभित्र सवारी साधन दुर्घटना हुनाका साथै सवारी साधनबाट वन्यजन्तुको सुरक्षा उच्च जोखिममा परेको हुनाले टाइमकार्डको व्यवस्था गरिएको हो”, उनले भने ।

निकुञ्जका सूचना अधिकारी भुसालले बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित शम्शेरगञ्जको ओभरीदेखि कचनापुर जिरो पोइन्ट खैरी चेक पोष्टसम्म टाइमकार्ड लागू गरिएको बताए । उनका अनुसार निकुञ्ज क्षेत्रभित्र १५ किलोमिटर दूरीमा टाइमकार्डको व्यवस्था लागू गरिएको छ । सवारी साधनका चालकलाई उक्त दूरी पार गर्न २३ देखि २८ मिनेटको समय दिइएको छ ।

सूचना अधिकारी भुसालका अनुसार निकुञ्ज क्षेत्रमा सवारी साधन र वन्यजन्तु सवारी दुर्घटनाको उच्च जोखिममा परेको भन्दै निकुञ्ज आसपासमा रहेका स्थानीय, नागरिक समाज, व्यवसायीलगायत सम्बन्धित पक्षले टाइमकार्डको व्यवस्था लागू गर्न सुझाव दिएअनुसार नै टाइमकार्ड लागू गरिएको हो ।

निकुञ्ज क्षेत्रमा हुने सवारी साधन दुर्घटना रोक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि ‘रिफ्लेक्टर ट्याङगल’ राख्ने, बिग्रेको सवारी साधन मर्मतका लागि एक घन्टाभन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारी साधनलाई निकुञ्जभन्दा बाहिर ल्याएर राख्ने तथा निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको छ ।

आजदेखि लागू हुने गरी गरिएको टाइमकार्डको व्यवस्थापनमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेना, नेपाल प्रहरीलगायत सम्बन्धित पक्षधरहरुको उपस्थित रहेको थियो । विसं २०६७ मा बाघको बासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज पाँच सय ५० वर्ग किमी क्षेत्र समेटेर नेपालको दसौँ राष्ट्रिय निकुञ्जका रुपमा रहेको छ । उक्त निकुञ्ज बर्दिया, दाङ र सल्यान गरी तीन जिल्लासँग जोडिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : २६ बजे

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ