१९औँ एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपाल र भारत मैदानमा « Khabarhub

१९औँ एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपाल र भारत मैदानमा


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।

चीनको हाङझाउस्थित झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा जारी खेलमा भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।

भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर  ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरेको हो ।

भारतले सिधै क्वाटरफाइनल खेलेको हो भने समूह ‘ए’ मा रहेको नेपालले मंगोसिया र माल्दिभ्सलाई हराएर क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक भारतसँग खेलेको हो । नेपाल टि–२० अन्तर्राष्ट्रियमा १६औँ स्थानमा रहेको छ भने भारत पहिलो स्थानको टोली हो । 

एक दिवसीय अन्तर्राष्ट्रियमा भने नेपालले अघिल्लो महिना भारतसँग र पाकिस्तानसँग खेलेको थियो । 

नेपालको तर्फबाट आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलसन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

यस्तै भारतका तर्फबाट कप्तान ऋतुराज गायकवाड, यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह, जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : १५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित