छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी, खोजी कार्य शुरु « Khabarhub

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी, खोजी कार्य शुरु


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालत, काठमाडौंले बहुविवाहसम्बन्धी कसुरका आधारमा थप अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको जाहेरीका आधारमा महिला सेल, कालीमाटीले अनुसन्धान शुरु गरेको थियो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी गरेको पुष्टि गरे । उनका अनुसार छवि र शिल्पाको खोजी कार्य शुरु भएको छ ।

नायिका शिल्पा पाेखरेल र छविराज ओझाले वि‍‍.सं. २०७३ साल असार २९ गते बिहे गरेका थिए । तर यी दुईले विवाह दर्ता भने ६ महिनाअघि मात्र गरेका थिए । केही हप्ताअघि शिल्पाले आफू घरेलु हिंसामा परेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यतिबेला दुवैले मिलापत्र गरेर अब मिल्ने भने पनि पछि शिल्पाले पारपाचुके मागेकी थिइन् ।

प्रक्रिया चलिरहँदा यता हेमाले छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी हालेकी थिइन् ।

यो पनि पढ्नुहोस्:

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ४ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना