एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त, भारतसँग २३ रनले पराजित « Khabarhub

एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त, भारतसँग २३ रनले पराजित


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । चीनको हाङझाउस्थित झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा आज बिहान भएको क्वाटरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको हो ।

भारतले जितका लागि दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७९ रनमा समेटियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन जोडे । यस्तै, सन्दीप जोरा र कुशल मल्लले २९–२९, कुशल भुर्तेलले २८, करण केसीले १८ तथा आसिफ शेखले १० रन बनाए ।

भारतका रवि विश्रोई र आवेश खानले ३–३ विकेट लिए । यस्तै, अर्शदीप २ र साई किशोरले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन बनाएको थियो ।

भारतका यशस्वी जयसवालले एक सय रनको शतक पूरा गरे । यस्तै, रिंकु सिंहले ३७, कप्तान ऋतुराज गायकवाड र शिवम दुवेले २५–२५ रन बनाएका थिए ।

नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १० : २७ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक