नेपालमा भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन | Khabarhub Khabarhub

नेपालमा भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ । सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्राडा श्रीराम शर्माले जानकारी दिए ।

सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायतका देशबाट विज्ञको सहभागिता रहने उनको भनाइ छ ।

यही असोज १९ गतेसम्म चल्ने सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषय बारेमा छलफल हुनेछ ।

मुख्य गरी यस सम्मेलनले नीति निर्माणका सहयोग गर्ने गरी रणनीति तय गर्ने चट्याङविद् डा. शर्माको भनाइ छ । उनका अनुसार प्रस्तुत हुने ४४ शोधपत्रमध्ये २८ वटा नेपालकै रहने छ ।

नेपालमा चट्याङ्सम्बन्धी सूचना प्रणालीहरु छैनन् भने रोकथामका लागि खास काम पनि हुन सकेको छैन । अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो उच्च जोखिममा पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ११ : ४५ बजे

इरानमा अमेरिकी आक्रमण : ओमान, कतार र इराकले के भने ? 

तेहारन– इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणपछि प्रतिक्रिया आउन थालेका छन्।

रहेनन् घाटेवैद्य सुवर्ण बा 

काठमाडौं– पशुपति आर्यघाट सेवा केन्द्रमा अवस्थित पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका

६१ किलो सुन तस्करी प्रकरण : अमलालाई सरकारी वकिलसमक्ष पेश गरियो

काठमाडौं–  ६१ किलो सुनकाण्डमा पक्राउ परेकी अमला रोकालाई सरकारी वकिलसमक्ष

सुर्खेतको चौकुनेमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत- सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ,

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा

काठमाडौँ – नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको