प्रचण्ड सरकारसँग देश बनाउने कुनै भिजन नभएको ओलीको आरोप | Khabarhub Khabarhub

प्रचण्ड सरकारसँग देश बनाउने कुनै भिजन नभएको ओलीको आरोप


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग देश बनाउने कुनै भिजन नभएको आरोप लगाएका छन् । 

मुलुकको अर्थतन्त्र धाराशयी बन्दै गएको र बैंकहरूसँग ऋण लिएर कर्मचारीले तलब खुवाउनु पर्ने अवस्था आउँदा पनि प्रचण्ड सरकार गम्भिर नभएको ओलीको आरोप छ ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले अर्थतन्त्र धाराशयी हुँदा पनि वर्तमान सरकारले कुनै बिजनेस प्लान बनाउन नसकेकोसमेत जनाए ।

 ‘अर्थतन्त्र धाराशयी भइसकेको छ, सरकार बैंकहरूसँग ऋण मागेर कर्मचारीलाई तलब खुवाउने अवस्थामा छ, असोज फेरी बैंकसँग तलब खुवाउन ऋण माग्दैछ तर कुनै गम्भिर भएको छैन, इतिहासका यति निकम्मा सरकार अहिलेसम्म बनेको थिएन, यो सरकारसँग कुनै बिजनेस प्लान छैन ।’ 

सरकार रेमिट्यान्सको आम्दानी देखाएर मख्ख परेको तर उत्पादन बढाउनका लागि कुनै ‘बिजनेस प्लान’ बनाउन नसकेको पनि उनको भनाई छ ।

‘यो सरकार देशलाई टाट पल्टाउन लागेको छ, अर्थतन्त्र धाराशयी हुँदा पनि अलिकति पनि गम्भिर छैन्,’ उनले भने, ‘यो सरकारले अर्थतन्त्र ह्यान्डल गर्न सक्दैन, यो निकम्मा भईसक्यो ।’

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : २६ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित