नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अंकले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो ।

विभिन्न कम्पनीका दुई सय ८१ कम्पनीको ३९ लाख ६५ हजार नौ सय १७ कित्ता शेयर ५५ हजार ९६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ९१ लाख एक हजार तीन सय २४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सबै समूहको उपसूचक रातो देखिँदा सबैभन्दा धेरै व्यापार समूह एक दशमलव ४७ र जलविद्युत् समूहको उपसूचक एक दशमलव ३८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ६१, विकास बैंक एक दशमलव २२, वित्त एक दशमलव २७ र होटल तथा पर्यटन समूह एक दशमलव २३ प्रतिशतले घटेको छ ।

लगानी समूहको उपसूचक शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव ८२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७२, लघुवित्त शून्य दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ८०, निर्जीवन बीमा शून्य दशमलव ६९ र अन्य समूहको उपसूचक एक दशमलव ०५ प्रतिशतले घटेको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै सात दशमलव ९१ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै शेयर मूल्य घट्नेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू पाँच करोड ५९ लाख ७० हजार छ सय ५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड-२ को एक लाख ८१ हजार आठ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : ३० बजे

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन