नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अंकले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो ।

विभिन्न कम्पनीका दुई सय ८१ कम्पनीको ३९ लाख ६५ हजार नौ सय १७ कित्ता शेयर ५५ हजार ९६ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ९१ लाख एक हजार तीन सय २४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सबै समूहको उपसूचक रातो देखिँदा सबैभन्दा धेरै व्यापार समूह एक दशमलव ४७ र जलविद्युत् समूहको उपसूचक एक दशमलव ३८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ६१, विकास बैंक एक दशमलव २२, वित्त एक दशमलव २७ र होटल तथा पर्यटन समूह एक दशमलव २३ प्रतिशतले घटेको छ ।

लगानी समूहको उपसूचक शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव ८२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७२, लघुवित्त शून्य दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ८०, निर्जीवन बीमा शून्य दशमलव ६९ र अन्य समूहको उपसूचक एक दशमलव ०५ प्रतिशतले घटेको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै सात दशमलव ९१ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै शेयर मूल्य घट्नेमा भने सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू पाँच करोड ५९ लाख ७० हजार छ सय ५२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड-२ को एक लाख ८१ हजार आठ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ४ : ३० बजे

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट

दोस्रो आर्थिक गणना : वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो आर्थिक गणनामा देशभर गत

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

काठमाडौं महानगरद्वारा एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने

आईपीएल : लखनउविरुद्ध चेन्नईको खराब सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग अन्तर्गत आज लखनउ सुपर जायन्ट्स