इटालीमा बस दुर्घटना पछिको आगलागीमा २१ जनाको मृत्यु « Khabarhub

इटालीमा बस दुर्घटना पछिको आगलागीमा २१ जनाको मृत्यु


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

भेनिस– इटालीको भेनिस सहर नजिकैको फ्लाइ ओभरमा बस दुर्घटना पछि भएको आगलागीमा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार भेनिससँग जोडिएको मेस्त्रे जिल्लाको रेलवे ट्रयाक नजिकै एउटा पर्खाल तोडेर बस खसेको थियो। मृत्यु हुनेमा पाँच युक्रेनी, एक जर्मन र इटालियन चालक रहेको सहरका प्रमुख मिसेल डि बारीले जानकारी दिए ।

यस्तै, भेनिसका मेयर लुँगी ब्रुगनारोले ‘ठूलो त्रासदी’ भएको टिप्पणी गरेका छन् । ‘एक सर्वनाश दृश्य, त्यहाँ कुनै शब्दहरू छैनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

भेनिस र नजिकैको मार्गेरा जिल्लाको क्याम्प साइटको बीचमा पर्यटक लैजानका लागि बस भाडामा लिइएको बुझिएको छ । यो घटना लगभग स्थानीय समय अनुसार मंगलबार साँझ ७ः४५ बजे भएको थियो ।

केही स्थानीय समाचार अनुसार बस मिथेन ग्यासबाट सञ्चालित रहेको र बिजुलीको लाइनमा खसेपछि आगो लाग्न सुरु भएको थियो ।

आन्तरिक मामिला मन्त्री माटेओ पियानटेडोसीले मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाएका छन् । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ८ : ०३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको