मलेखुमा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु « Khabarhub

मलेखुमा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ ।

सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको प्रदेश०२–००१ख ६४१३ नम्बरको ट्रकले आज बिहान दुवैजनालाई ठक्कर दिएको थियो । मृतक दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिए ।

घटनापछि स्थानीयले क्षतिपूर्तिको माग गर्दै पृथ्वीराजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन् । ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ८ : ५४ बजे

२४ घण्टाको ट्राफिक कारबाही : १९ लाख ९५ हजार राजस्व सङ्कलन

काठमाडौँ – बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी

नेपाल–थाइल्यान्ड सम्बन्ध सुदृढ बनाउन द्विपक्षीय सहकार्य विस्तारमा जोड

काठमाडौँ – थाइल्यान्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले त्यहाँको परराष्ट्र

अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै

काठमाडौँ – दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको

यस्तो छ अर्थमन्त्रीले तयार पारेको बजेटको प्राथमिकता : डिजिटल रूपान्तरण र आर्थिक सुधार

काठमाडौँ – आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग