वरिष्ठ गायिका दिलमाया खातीको निधन | Khabarhub Khabarhub

वरिष्ठ गायिका दिलमाया खातीको निधन


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ गायिका दिलमाया खातीको ८४ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि दमको रोगबाट पीडित खातीको गएराति साढे ९ बजे निधन भएको हो।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्। उनी गोपाल योञ्जन, कर्म योञ्जन,रञ्जित गजमेर, शान्ति ठटाल, अरुणा लामाकी समकालीन हुन् ।

सोही वर्ष पहिलोपटक रेडियो नेपालमा गीत रेर्कड गराएकी उनी रेडियो नेपालले आयोजना गरेको संगीत प्रतियोगितामा प्रथम भएकी थिइन् । 

उनले १५० भन्दा बढी नेपाली गीतमा स्वर दिएकी छिन् । उनले गाएका एकल तथा युगल ‘बिछोडको पीडा नसकी खप्न’, ‘तिमी देख्दा रहर लागेर आउँछ’, ‘साउन फर्की’, ‘सम्झेर–बुझेर दिइहाल त्यो जोवन’लगायत गीत चर्चित छन्।

लामो समय शिक्षण पेशामा आबद्ध उनी अविवाहित थिइन् ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : ५७ बजे

सर्वोच्चले पनि नछोडेका रविको पक्षमा हस्ताक्षर गर्न पुगे विपिन कार्की

काठमाडौं- सहकारी ठगी प्रकरण जस्तो गम्भीर आरोपमा सर्वोच्च अदालतले समेत

पाँच दिनभित्र ‘भिजिट भिसा’ प्रकरणबारे छानबिन संयन्त्र बन्छ : महेश बर्तौला

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले

जम्मा ११० जनाले हेरे दिलीपको फिल्म ‘हेल्लो काँशीराम’

काठमाडौं – नायक दिलीप रायमाझी अभिनित फिल्म ‘हेल्लो काँशीराम’ बक्स

कर्णाली प्रदेशसभाको बैठक स्थगन

कर्णाली– प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले अवरोध गरेपछि