सिक्किमको बाढीमा परेर २३ सैनिक बेपत्ता « Khabarhub

सिक्किमको बाढीमा परेर २३ सैनिक बेपत्ता


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उत्तरी सिक्किमस्थित टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण २३ सैनिक बेपत्ता भएका छन् । 

बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको छ । चुङथाङमा पानीको सतह १५ देखि २० फिट बढेको र आएको बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको केही भाग समेत बगाएको छ ।

सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको हो ।
छ । बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ ।

सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको बताइएको छ । कुनै क्षेत्रमा करिब एक घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको अवस्थालाई क्लाउड ब्रस्ट भनिन्छ र बाढी आउँछ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १२ : ४७ बजे

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका