रिगललाई आममाफी दिने निर्णयविरुद्ध भारतीले सुरु गरिन् अनशन « Khabarhub

रिगललाई आममाफी दिने निर्णयविरुद्ध भारतीले सुरु गरिन् अनशन


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिने निर्णयविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले अनशन सुरु गरेका छन् ।

आममाफीको विरुद्धमा आफूले अनशन सुरु गरेको भारतीले बताइन् । नवौँ संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए।  रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए । 

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो । 

रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । मृतक चेतनकी श्रीमती भारती मानन्धरले चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने बताए ।

घट्ना घटेको आठ वर्ष भइसक्दा पनि अझैं उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताए । राष्ट्रपतिले आममाफी दिएर पुरानो घट्नाको पीडा फेरी दोहोर्‍याइदिएको उनले गुनासो गरे ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ४ : २३ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका