मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प « Khabarhub

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प


१४ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।

 सुन्दरीजल हुँदै गोसाईकुण्ड, हेलम्बुजस्ता गन्तव्यहरूमा सहजै जान सकिने मोटर बाटो एक हप्तादेखि आयोजनाले रोक्दा आवागमनमा समस्या भएको स्थानीयवासी सुशील सिम्खडाले जानकारी दिए । 

सुन्दरीजलस्थित महाङ्काल खण्डमा संरचना बनाउन भनी मेलम्ची खानेपानी आयोजनाले सडक अवरोध गरेको हो । दैनिक सयौँ मानिसले प्रयोग गर्ने उक्त मोटर बाटो परम्परागत रूपमा प्रचलनमा रहेको मुख्य मार्ग हो । 

आयोजनाले स्थानीय नागरिक, स्थानीय सरकार तथा कुनै पनि तहका जनप्रतिनिधिहरूसँग आवश्यक परामर्श एवं समन्वय नगरिकनै बलजफती बाटो बन्द गरेको उनले बताए। जसका कारण गोकर्णेश्वर नगरपालिका वडा नं। १ का स्थानीयवासीलाई आफ्नै गाउँमा आवतजावत गर्न असहज भएको छ ।  

मेलम्ची आयोजना सुरु हुनु अगावै स्थानीय नागरिकले अत्यन्तै दुःखका साथ निर्माण गरेको सुन्दरीजलबाट मूलखर्क तथा ओख्रेनी जोड्ने उक्त मोटरबाटो परम्परागत रूपमा, लास बोक्ने, कृयापुत्रीले हिँड्ने सहज र छोटो बाटो समेत हो ।    
   
 मेलम्ची खानेपानी आयोजनाको आफ्नै दस्तावेजमा समेत उक्त बाटोलाई मूल बाटोकै रूपमा अभिलेखीकरण गरिएको छ । 

मेलम्ची आयोजना सुन्दरीजल साइटका इञ्जिनीयर मनोज यादव मुआब्जा दिइसकेको सडक भएकाले नापी र मालपोतबाट मेलम्चीका नाममा जग्गा आएकाले नै सडक अवरुद्ध गरिएको बताउँछन्। कालोपत्र गरिएको सडकका कारण मेलम्ची आयोजनाका काममा ढिलाइ भएका कारण पनि सडक अवरुद्ध गर्न बाध्य हुनुपरेको उनले सुनाए ।
 

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ६ : ४१ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको