ठगी कार्यमा संलग्न पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ « Khabarhub

ठगी कार्यमा संलग्न पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाकिस्तानका नाजिर मोहमद र अजरबैजका आयसेल हुसेनिल रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई मंगलबार ठमेलबाट पक्राउ गरेको हो ।

उनीहरूले बैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाई दिन्छु भनि वर्कपर्मिट लगायतका नक्कली कागजातहरू देखाई विश्वासमा पारी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । प्रतिव्यक्ति एक लाख ३३ हजारका दरले ८० लाख रुपैयाँ उनीहरुले ठगी गरेको अनुमान छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाडौँमा पठाईएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : ५५ बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि