‘कोरला नाका सञ्चालन अघि सडक स्तरोन्नति आवश्यक’ « Khabarhub

‘कोरला नाका सञ्चालन अघि सडक स्तरोन्नति आवश्यक’


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरला नाका खोल्ने सरकारको तयारी रहेको बताएका छन् ।

तिब्बत र मुस्ताङको सीमामा रहेको पिल्लर नम्बर २४ को स्थलगत निरीक्षणका क्रममा उनले सडक स्तरोन्नतिको आवश्यकता रहेको बताए । उनले नाका खोल्ने तयारी भइरहँदा भौतिक संरचना र सडक स्तरोन्नतिमा जोड दिनुपर्ने बताए ।

उनले भने, ‘तिब्बततर्फ भौतिक संरचनाहरू निर्माण भइसकेको देखिन्छ, हाम्रो तर्फ पनि आवश्यक संरचना छिटो निर्माण गर्नुपर्छ ।’ उनले संरचना नहुँदा भोलि समस्या आउन सक्ने बताए ।

मुख्यमन्त्री पाण्डेले इमिग्रेसन, सुरक्षा चेकजाँच, भन्सार सञ्चालन गर्न भौतिक संरचना जरुरी पर्ने बताए । अहिले रहेको भन्सार र सुरक्षा चेकपोष्ट पिल्लर भन्दा नौ किलोमिटर तल रहेको छ ।

उनले नाकासम्म पुग्ने सडक स्तरोन्नति गरेर नियमित सवारी आउजाउ गर्न सक्ने व्यवस्था मिलाउन सरकारको ध्यान केन्द्रित रहेको बताए । कोरला नाकासम्मको सडक संघ सरकारको गौरवको योजना रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले सहकार्य गरेको प्रष्ट पारे ।

निर्माण व्यवसायीको ढिलासुस्तीले सडक निर्माणको काम सुस्त रहेको जनाउँदै उनले छिटो काम सम्पन्न गर्न प्रदेश सरकारले दबाब सिर्जना गर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो चीन भ्रमणका क्रममा दुई देशबीच कोरला नाका खोल्ने विषयमा सकारात्मक छलफल भए पनि कहिले खुल्छ भन्ने यकिन भएको छैन ।

सीमा नाका निरीक्षणका क्रममा नाका र प्रदेशको सुरक्षा संवेदनशीलता, नाका खुल्दा र नखुल्दा आउन सक्ने चुनौती, समाधानका उपाय, स्थानीयको आवश्यकता लगायतका विषयमा प्रदेश स्तरीय सुरक्षा समिति र मुस्ताङ जिल्ला स्तरीय सुरक्षा समितिबीच छलफल भएको थियो ।

नाका निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधिसभा सदस्य योगेश गौचन, प्रदेशसभा सदस्य नाम्डु गुरुङ, बिकल शेरचन लगायत सहभागी थिए ।

यस्तै, गण्डकी प्रदेशका प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, सुरक्षा निकायका प्रदेश प्रमुखहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू सहितको टोलीले सीमावर्ती क्षेत्रको १० भन्दाबढी गाउँमा पुगेर स्थानीयसँग अन्तरक्रिया गरेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  १० : ४० बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा