आममाफी दिएर अपराधीलाई रिहा गर्दा आर्थिक चलखेल : गगन थापा « Khabarhub

आममाफी दिएर अपराधीलाई रिहा गर्दा आर्थिक चलखेल : गगन थापा


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सांसद गगन थापाले आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा थापाले गम्भीर अपराधमा दोषी देखिएकालाई आममाफीका नाममा रिहाइ गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको बताएका हुन् ।

उनले आममाफी दिने क्रममा केहीलाई कानूनी छिद्र खोजेर पनि उन्मुक्ति दिएको र गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद मिनाहा गरिएको उनको भनाइ छ । उनले कानून छिद्रमा टेकेर हुने यस्ता घटनालाई रोक्न कानूनलाई आवश्यकता अनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिए । थापाले अहिलेको कानूनका कारण समस्या भएको भन्दै यसलाई सच्याउनुपर्ने र राष्ट्रपतिलाई बदनाम हुनुबाट रोक्नुपर्ने बताए ।

उनले कानून छिद्रमा टेकेर भएका गलत निर्णयका बारेका सरकारले सदनमा जवाफ दिनुपर्ने माग गरे ।

 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ३ : ०१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार