ताइवानमा कोइनु आँधीबाट १९० घाइते « Khabarhub

ताइवानमा कोइनु आँधीबाट १९० घाइते


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ताइपेई– बिहीबार दक्षिणी ताइवानमा कोइनु आँधी आउँदा एक सय ९० जना घाइते भएका छन् । यद्यपि कोइनुका कारण आएको हावाहुरीसहितको वर्षाले कसैको ज्यान नगएको अधिकारीहरूले बताएका छन् । कोइनुका कारण स्कुल र कार्यालयहरू बन्द भएका छन् । 

जापानी भाषामा ‘कुकुर’ अर्थ रहेको कोइनु बिहीबार बिहानै दक्षिणी ताइवानको केप इलुआन्बीमा प्रवेश गरेको थियो र यो पश्चिमतिर दक्षिणी चीनको गुआङडोङफुजियान प्रान्ततर्फ जाँदा कमजोर हुने अपेक्षा गरिएको छ । 

बुधबार साँझ आएको आँधीले ताइवानमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिको हावा ल्याएको थियो । ताइवानको दक्षिणपश्चिम टापु अर्किडमा रहेको मौसम अनुगमन स्टेसनले स्थानीय समयअनुसार राति ९ः५३ मा हावाको वेग प्रतिघण्टा तीन सय ४२ दशमलव सात किलोमिटर मापन गरेको थियो । साथै राति ९ः४० मा एक सय ९८ दशमलव सात किलोमिटर प्रतिघण्टाको दरले हावा चलेको थियो । 

केन्द्रीय मौसम प्रशासनको टाइटुङ मौसम स्टेसनका प्रमुख हुआङ चिया–मेइका अनुसार ताइवानले सन् १८९७ देखि हावाको गति मापन गर्न थालेयता यी दुवै मापनले अहिलेसम्मकै उच्चता कायम गरेको हो । उनले हावाको गति मापन गर्ने यन्त्र आँधी आएको केही समयपछि बिग्रिएको बताए।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ५ : ४९ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही