विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका-९ सोहनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम २ सय ८० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत लखिनपुर खिरी निघासन तिकुनिया बस्ने २४ वर्षीय गुर्वेन्द्र सिंह र २१ वर्षीय कुलदिप सिंह रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले युपि ३१ बीवाई ४९२४ नम्बरको मोटरसाइकल रोकी शंकास्पद रूपमा बसिरहेको अवस्थामा दुवै जनालाई तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलाली, लम्कीचुहा नगरपालिका-१० तिघरीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्रामसहित बर्दगोरिया गाउँपालिका-२ बस्ने २६ वर्षीय सुनिल कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

सर्लाही, कौडेना गाउँपालिका-१ बस्ने ५० वर्षीय बिहारी राउतलाई अवैध लागूऔषध गाँजा २ केजी ३ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सुन्दरपुर र इलाका प्रहरी कार्यालय चक्रघट्टाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त गाँजा पेला पारी उनलाई पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय २० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-२ उल्टाखाम बस्ने २७ वर्षीय राजु चौधरी र सोही नगरपालिका-१९ बागफाटा बस्ने २० वर्षीय अमित चौधरी रहेका छन् । 

विशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ६ : ०५ बजे

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा