भलिबलको विकास सरकारको प्राथमिकतामा : मन्त्री शर्मा | Khabarhub Khabarhub

भलिबलको विकास सरकारको प्राथमिकतामा : मन्त्री शर्मा


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताएकी छन् । 

गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको ‘वीरजङ्ग स्मृति खुला पुरुष भलिबल प्रतियोगिताको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री शर्माले राष्ट्रका लागि खेल्ने खेलाडीलाई सबैले प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन्।

‘खेलाडीले आर्थिक अभावमा पनि खेल्नु परिरहेको छ, खेलाडीको प्रोत्साहनका लागि सरकारले सेवा सुविधा थप गर्न आवश्यक छ’, उनले भनिन्, ‘राष्ट्रियस्तरका खेलाडी बर्सेनि विदेशिनुपर्ने बाध्यतालाई रोक्नुपर्छ, खेल क्षेत्रमै सुनौलो भविष्य निर्माण गर्न सरकारले आवश्यक कदम चाल्नुपर्छ ।’

प्रधानमन्त्री आफैँले खेलाडीको आत्मबल बढाउन विभिन्न योजना तथा पुरस्कारको व्यवस्था गरेकाले खेलाडीप्रति वर्तमान सरकार सकारात्मक रहेको स्पष्ट हुन्छ भन्दै सञ्चारमन्त्री शर्माले देशको गरिमा बढाउने खेलकुद क्षेत्रलाई सधैँ प्राथमिकतामा राखिएको बताइन् । 

उक्त प्रतियोगिता असोज २१ गतेसम्म हुने सञ्चालन हुनेछ । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ६ : ११ बजे

पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु

एजेन्सी – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ जना

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

जुम्ला– जुम्लामा माटोको ढिस्कोमा पुरिएर आज एक जनाको मृत्यु भएको

नेपालको शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेको छ : राजेन्द्र महतो

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपालको शासनसत्ता

सिरियामा १० जनाको गोली हानी हत्या

एजेन्सी – सिरियामा बन्दुकधारीहरूले अलावाइट गाउँका १० जनालाई गोली हानी

आधा दशकमै दोब्बरले बढे पान लिने, तर बढेन कर

काठमाडौं – नेपालमा पछिल्ला वर्षहरूमा व्यक्तिगत र संस्थागत करदाताको सङ्ख्या