विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्छ : ओली « Khabarhub

विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्छ : ओली


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विविधतायुक्त देशलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्। एमाले पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा उनले विविधतामा एकता खोजेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै समानतामा आधारित एकता र त्यो एकतामा आधारित राष्ट्रिय एकता अहिलेको आवश्यकता रहेको बताए ।

“विविधतामा एकता खोज्नुपर्दछ । हामीसँग सांस्कृतिक भाषिक भौगोलिक विविधतालाई द्वन्द्वको विषय बनाउने होइन”, उनले भने । हिमाल, पहाड, तराइ, मधेस कुनै पनि क्षेत्रलाई छाड्न नसकिने बताउँदै अध्यक्ष ओलीले भने, “हामीसँग मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी, रामजानकी मन्दिरहरू छन् ।

विभिन्न ऐतिहासिक ताल तलैया छन् । यी हाम्रा समृद्धि र गौरवका प्रतीक हुन् ।” एमालेले नेता तथा कार्यकर्तालाई इमान, न्याय, सत्यमा अडेर काम गर्ने सिकाउने उनको भनाइ छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ९ : ५६ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली