निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन : मन्त्री रिजाल « Khabarhub

निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन : मन्त्री रिजाल


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव नभएको बताएका छन् ।

शङ्खमूलस्थित यल दरबारमा आज आयोजित ललितपुर उद्योग वाणिज्य सङ्घको ४४ औँ वार्षिक साधारणसभामा उनले निजी क्षेत्रको सक्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको धारणा राख्दै सरकार र निजी क्षेत्रले सहकार्य गरेर जानुको विकल्प नरहेको बताए ।

“सामाजिक उत्तरदायित्वमा ललितपुर उद्योग वाणिज्य सङ्घले पु¥याएको योगदान र खेलेको भूमिकाको प्रशंसा गर्न चाहान्छु, निजी क्षेत्रको सक्रियता भएको देशमा तीव्र आर्थिक विकास भएको छ, निजी क्षेत्रको सक्रियता बिना आर्थिक विकास सम्भव छैन, सरकार र निजी क्षेत्र सहकार्य गरेर जानुको विकल्प छैन”, मन्त्री रिजाल भने ।

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले औद्योगिक विकास र हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकारले आवश्यक काम गरिरहेको बताए । “हामीले औद्योगिक विकास र हस्तकला क्षेत्रको प्रवद्र्धनका लागि महत्वपूर्ण काम गरिरहेका छौँ, उपभोक्ताको अधिकारका लागि पनि कानुन निर्माणका क्रममा रहेको छ, हाम्रो मन्त्रालय सहकार्य गरेर उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनमा लाग्ने छ”, प्रदेशमन्त्री चित्रकारले भने ।

उनले निजी क्षेत्रलाई बलियो र लगानीमैत्री बनाउने गरी वातावरण तयार गर्नका लागि प्रदेश सरकार नीतिगत तथा कानुनी रुपमा सहयोग गर्न तत्पर रहेको धारणा राखे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले औद्योगिक नीतिमा भएको दोहोरोपन र अनावश्यक करलाई हटाउनुपर्ने धारणा राखे । उनले अहिले नेपालको अर्थतन्त्रका बारेमा भएकोभन्दा बढी नकारात्मक प्रचारप्रसारका कारण समस्या बल्झिएको बताए । उद्योग व्यवसायीलाई सहज हुनेगरी करको दर घटाएर करको दायरा बढाउनुपर्नेमा उनको जोड थियो ।

उद्योग वाणिज्य महासङ्घका नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले सरकारले व्यवसायीलाई सहजरुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले साना तथा घरेलु कार्यालयले गर्ने तालिम प्रभावकारी नभएको र लगानी खेर गइरहेको उल्लेख गर्दै तालिमका सन्दर्भमा उद्योग वाणिज्य महासङ्घसँग सहकार्य गर्न आग्रह गरे । उनले अहिलेको ब्याजदर बढी भएको भन्दै उद्योगी व्यवसायी ब्याज तिर्न नसक्ने अवस्थामा रहेको बताए ।

ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योले हाल देखिएको समस्या समाधानका लागि तरलता व्यवस्थापन र ब्याजदरमा स्थायित्व कायम गर्न सरकार र राष्ट्र बैंकले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  २ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै