सुरु भयो जितियाको कठोर निर्जल उपवास | Khabarhub Khabarhub

सुरु भयो जितियाको कठोर निर्जल उपवास


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको आज दोस्रो तथा मुख्य दिन बिहान ५ बजेदेखि कठोर निर्जल उपवास क्रम सुरु भएको छ ।

आज बिहान ४ बजे भगवान् जितुवाहनलाई दही, चिउरा, सख्खर, अमोट मिलाएर बनाइएको प्रसाद अर्पण गर्दै सोही प्रसादसँगै थप दही, चिउरा, सख्खर, चिन्नी, केरा, स्याउलगायत वस्तु ग्रहण गरेर (ओंगठन गरेर) सम्पूर्ण पुत्रवति मिथिलावासी महिला बिहान ५ बजेदेखि आउँदो ३०/३१ घण्टाका लागि निर्जल एवं निराहार उपवास बसेका छन् ।

नेपालको मिथिला क्षेत्र तथा भारतमा पनि जितिया पर्वका अवसरमा हिजो नहा खा (नुहाएर खानु) भन्ने मान्यताअनुसार व्रत सुरु भएको थियो भने निर्जल र निराहार उपवास क्रम आज बिहान ५ बजेबाट सुरु भएको हो ।

व्रत बस्नुअघि बिहीबार व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ परिवारका सबै सदस्यलाई खुवाएर आफूले पनि खाएका थिए ।

त्यसैगरी, आज शुक्रबार बिहान ५ बजेदेखि निराहार एवं निर्जल व्रत बसी भोलि शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए ।

तराई मधेसका प्राय मधेसी तथा थारु महिलाले मनाउने यस पर्वमा महोत्तरीका सयौँ व्रतालुले जिल्लाको विग्ही, रातो जंगहा, अंकुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गरिन्छ । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।

व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि लगाइन्छ ।

व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो)’ भनिन्छ । व्रत बस्ने प्रत्येक महिलाले अनिवार्य रुपमा आज कोदो र माछा खाने गर्छन् ।

त्यसैगरी धार्मिक विधिपूर्वक आज बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाले ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायःजसो महिलाहरुले ओंगठनमा च्यूरा र दही खाने गरेको पाइन्छ । त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम ।

आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत कठोर खालको रहेको जलेश्वर नगरपालिका–८ पण्डित कालिकान्त झाले बताए ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व छ । यालना संस्कृत विद्यापीठ मटिहानीका प्राध्यापक ध्रुव रायले भने, “यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्छ ।” पितृ पक्षमा मनाइने पर्वमा महिलाले आफैँले दिवङ्गत पितृलाई तर्पण दिन्छन् ।

मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रुपमा लिइन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउँदिनन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजानै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकीले पौराणिक कालदेखि यो व्रत सुरु भएको कथन छ ।

जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइने हुँदा प्राय महिलाले यो व्रत लिँदैनन् तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले यो व्रत लिने गर्छन् । आज मुख्य उपवासको दिन भएकाले महिलाले आजका दिनलाई निकै महत्व दिनका साथै भोलि व्रत सम्पन्न नहुञ्जलेसम्म निकै सतर्कता अपनाइन्छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ३ : १९ बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु