गैरकानूनी रुपमा सम्पत्ति कमाएको अभियोगमा चापाकोटका सिनियर अहेबविरुद्ध मुद्दा दायर « Khabarhub

गैरकानूनी रुपमा सम्पत्ति कमाएको अभियोगमा चापाकोटका सिनियर अहेबविरुद्ध मुद्दा दायर


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले कोइराला विरुद्ध रु ९० लाख ३९ हजार छ सय २० बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ । सरकारी सेवामा २०५४ कात्तिक ५ गतेदेखि २०७८ मङ्सिर १ गतेसम्मको कोइरालाले आर्जन गरेको सम्पत्तिको विषयमा आयोगले अनुसन्धान गरेको छ ।

सो अवधिमा कोइरालाले रु दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई बराबरको आय आर्जन गरेको पाइएको छ । सोही अवधिमा सिनियर अहेब कोइरालाले रु तीन करोड ८८ लाख २१ हजार चार सय २२ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानको क्रममा फेला परेको आयोगले जनाएको छ ।

कूल आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोतसमेत नखुलेको पाइएपछि आयोगले मिहिन रूपमा छानबिन गर्दा अनियमितता देखिन गएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पाइएको छ ।

स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जफत गरी बिगोबमोजिम कारवाहीको माग दावी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए । आयोगले अहेब कोइराला र श्रीमती गीताविरुद्ध बिगो बमोजिम कारबाहीको माग दावी गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ५ : ३१ बजे

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

बुटवलमा औद्योगिक प्रदर्शनी बुधबारदेखि, तयारी पूरा

लुम्बिनी– रुपन्देहीमा हुने १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ– माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन गरिएको

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं– नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको तथा

भीरबाट लडेर एक वृद्धाको मृत्यु

बैतडी– स्याउला काट्न गएकी बैतडीकी एक वृद्धाको भिरबाट लडेर मृत्यु