हुम्लामा अन्तर्राष्ट्रिय कोदो दिवस कार्यक्रम « Khabarhub

हुम्लामा अन्तर्राष्ट्रिय कोदो दिवस कार्यक्रम


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिमकोट- कृषि विकास कार्यालय सिमकोट हुम्लाको आयोजनामा कोदो बाली विकास एवं प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा जलस्रोत, ऊर्जा तथा खानेपानीमन्त्री उर्मिला विश्वकर्मा, कर्णाली प्रदेशसभा सदस्य जुम्कित लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाङग्मेल तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय किसानलगायतको उपस्थिति थियो ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने आह्वान गरेअनुरुप आयोजित उक्त कार्यक्रममा स्थानीय कृषि उपजको प्रदर्शनी पनि गरिएको थियो ।

कोदोको पौष्टिक पक्ष तथा त्यसबाट बनेका परिकारबाट मानव शरीरलाई हुने लाभबारे जानकारी दिँदै मन्त्री शर्माले कर्णाली प्रदेशका ११ वटै जिल्लामा कोदोखेती गर्न किसानहरूलाई आग्रह गरे । पहाडी भेग र कम पानी पर्ने कमसल जमिनमा पनि कोदोखेती गर्न सकिने भएकाले त्यसतर्फ लाग्न उनले आह्वान गरे ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : ३८ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।