सुनसरी र कैलालीमा लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

सुनसरी र कैलालीमा लागूऔषधसहित चार जना पक्राउ


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरी र कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका १ हटियालाइन लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ५६ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश १ ०२ ०४८ प ४९७३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यता कैलालीको धनगढी उपमहानगरपालिका २ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरोहेरोइन ७ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका ५ बस्ने ३५ वर्षीय मुकेश कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलालीकै गोदावरी नगरपालिका ४ गोदावरीबाट अवैध लागूऔषध चरेश ३ किलो ५ सय ग्रामसहित बझाङ बुङ्गल नगरपालिका २ बस्ती घर भई कञ्चनपुर कृष्णपुर नगरपालिका १ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामीलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरीले से २ प २८५७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : ५१ बजे

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

रेसुङ्गामा श्रद्धालुको घुइँचो

गुल्मी – रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र

इन्टर मियामी लिग कपबाट बाहिरियो

काठमाडाैं – अर्जेन्टिनाका स्टार लियोनेल मेसी बुबा जर्जको निधनपछि पहिलोपटक

राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

काठमाडौं – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण