किसानको गुनासो : वास्तविक किसानलाई कार्यक्रम आएन | Khabarhub Khabarhub

किसानको गुनासो : वास्तविक किसानलाई कार्यक्रम आएन


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- वास्तविक किसानलाई लक्ष्य गरेर मात्रै सरकारले कृषिसँग सम्बन्धित नीति कार्यक्रम ल्याउनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

राष्ट्रिय किसान आयोगले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको छलफल तथा बहस कार्यक्रममा सहभागी वक्ताहरूले वास्तविक किसानकै लागि लक्ष्य गरेर कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । उनीहरुले अहिले पनि किसानको नाममा विचौलिया हाबी भएकाले किसान भने अन्यायमा परेको बताए ।

अगुवा कृषक कर्ण बुढाले निर्वाचनभन्दा अगाडि घोषणापत्रमा मात्रै कृषकका लागि आकर्षक नारा ल्याउने तर व्यवहारमा भने किसानको अवस्था कहिले सुधार नहुने अवस्था रहेको बताए । उनले अब राजनीतिक दलका घोषणापत्र आफूहरुका लागि आवश्यक छैन भन्दै कृषि क्षेत्रमा आमूल परिवर्तन गर्ने गरी काम गर्न सुझाव दिए ।

किसानलाई माथि नउठाएसम्म देशको समृद्धि हुँदैन भन्ने कुराको हेक्का राख्न उनले नीति निर्माण तहमा रहेका व्यक्तिलाई सुझाव दिए । किसान महासङ्घका कोषाध्यक्ष मीना आचार्यले वास्तविक किसानले सधैँ उत्पादन गरिरहने तर विचौलियाका कारण कहिले माथि उठ्न नसकेको बताइन् । किसानको उत्पादन सिधै किन्ने व्यवस्था गर्न उनको सुझाव थियो ।

कृषक सुजन रोकायले स्थानीय सरकारले किसानका लागि हरेक बालीका बीउविजन ५० प्रतिशत छुटमा दिने व्यवस्था मिलाउनुपर्ने माग गरे । किसान सङ्घ कर्णाली प्रदेशका अध्यक्ष नरसिंह मल्लले किसानका लागि गरिने हरेक कार्यक्रम गलत ढङ्गले सञ्चालन भइरहेको बताए । उनले किसानका हरेक उत्पादनमा विचौलिया हाबी हुँदा समस्या भएकाले सरकारले आवश्यक नीति बनाउनुपर्नेमा सुझाव दिए ।

कर्णाली प्रदेश सभासदस्यले सरकारले कागजमा मात्रै समस्या समेट्ने गरेको तर कार्यान्वयन गर्न नसकेको गुनासो गरे । सांसद हिक्मत विष्टले प्रदेश सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटमा कर्णाली प्रदेशलाई कृषि र खाद्यमा आत्मनिर्भर भने पनि व्यवहारमा कार्यान्वनय हुन नसकेको बताए ।

उनले प्रदेशलाई प्राङ्गारिक प्रदेश बनाउने भनेर नारा दिइए पनि भारतीय बजारबाट करोडौँको तरकारी र खाद्यान्न आयत भइरहेकाले यसमा सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । सांसद टेकराज पछाईले सरकारले किसानका लागि ल्याएका कार्यक्रम दलालको पञ्जामा पर्ने गरेकाले स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए।

स्थानीय तहका जनप्रतिनिधिले आगामी दिनमा कृषिलाई प्राथमिकता दिइने र किसानमैत्री कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए । भेरीगङ्गा नगरपालिका प्रमुख यज्ञबहादुर ढकाल, लेकबेँसी नगरपालिका प्रमुख उमेश पौडेल र दैलेखस्थित गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर विसीले किसानमैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका हुन् ।

कृषकका प्रश्नमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव राजु भुजु र स्थानीय तहका कृषि शाखा प्रमुखलगायतले जवाफ दिएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ०७ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका