ताप्लेजुङको दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच | Khabarhub Khabarhub

ताप्लेजुङको दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- पछिल्लो समयमा ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच पुग्न थालेको छ । गाउँगाउँमा नयाँ फोरजी टावर जडान गर्नुका साथै पुराना टावरलाई फोरजीमा स्तरोन्नति गरिएपछि ताप्लेजुङका दुर्गम बस्तीमा फोरजी सेवामार्फत इन्टरनेटको पहुँच विस्तार भएको हो । केही समय अगाडि मोबाइल सेवासमेत नभएका बस्तीमा फोरजी सेवा सञ्चालन भएपछि स्थानीय उत्साहित भएका छन् ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मुरिङला डाँडामा बिहीबारदेखि फोरजी सेवा सुरु भएसँगै आफ्नै घरबाट इन्टरनेट प्रयोग गर्न पाएको स्थानीय रोशन लिम्बूले बताए । गत भदौको पहिलो साता फक्ताङलुङको लोवा डाँडामा नेपाल टेलिकमले फोरजी टावरमार्फत सेवा सुरु गरेको थियो ।

उक्त टावरले फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चार क्षेत्रमा फड्को मारेको छ । फोरजी सेवा सञ्चालनमा आएसँगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा इन्टरनेटको सुविधा पुगेको दूरसञ्चार कार्यालय ताप्लेजुङले जनाएको छ ।

फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूका अनुसार यस सेवामार्फत फक्ताङलुङ गाउँपालिकाका नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । यसबाट स्थानीय समुदाय मात्रै नभएर कञ्च्नजङ्घा क्षेत्रमा आउने हजारौँ पर्यटकलाई पनि सेवा पुग्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायले दिने सेवामा पनि सहजता थपिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।

विसं २०७४ मा पालिकाको लेलेपस्थित मुरिङ्ला डाँडामा टेलिकमको टुजी सेवा विस्तार भएपछि मात्रै यस क्षेत्रमा मोबाइल सेवा विस्तार भएको थियो । टुजी सेवा प्रभावकारी नभएको गुनासो बारम्बार आएपछि फोरजी सेवा विस्तार गरिएको टेलिकम कार्यालयले जनाएको छ ।

गाउँपालिकाको तल्लो भेग वडा नं १, २, ३, ४, सावादिन, खेजेनिम, लिङ्खिम र इखाबुका अधिकांश भेगमा यसअघि नै फोरजी सेवा विस्तार भइसकेको अध्यक्ष लिम्बूले बताए । सेवा विस्तारका लागि आवश्यक सामग्री ढुवानीदेखि यसको जडानका लागि सम्बन्धित निकायमा पहलकदमी पालिकाले गरेको उनको भनाइ थियो ।

अध्यक्ष लिम्बूका अनुसार अब सोही पालिकाको वडा नं ७ को हिलेखर्कमा फोरजी टावर राख्नका लागि सर्भेको काम सकिएको छ भने घुन्सातर्फ पनि टावर राख्नका लागि पहिलो चरणको सर्वे सकिएको छ । फक्ताङलुङ गाउँपालिकाको सबै क्षेत्रमा अबको एक वर्षभित्रमा फोरजी सेवा विस्तार हुने उनले बताए । आजको आधुनिक समयमा पनि इन्टरनेटबाट टाढा हुँदा खबर आदानप्रदानमा समस्या हुने गरेको स्थानीय मिङ्मा शेर्पाले बताए ।

सेवा विस्तार भएपछि विदेशमा रहेका आफन्त तथा छोराछोरीसँग कुराकानी गर्न र खबर आदानप्रदान गर्न सहज भएको उनको भनाइ थियो । बुधबारदेखि ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा पनि फोरजी सेवा विस्तार भएको छ । योसँगै गाउँगाउँसम्म इन्टरनेट सेवा विस्तार हुँदा सञ्चारसँगको पहुँच विस्तार हुँदै गएको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ३५ बजे

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ ।

काठमाडौं–मन्थली सडक अवरुद्ध

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल– केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन कार्यसम्पादन सम्झौता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी