सिंगापुरमा चिनियाँ नागरिक संलग्न अहिलेसम्मकै ठूलो सम्पत्ति शुद्धीकरण काण्डको खुलासा « Khabarhub

सिंगापुरमा चिनियाँ नागरिक संलग्न अहिलेसम्मकै ठूलो सम्पत्ति शुद्धीकरण काण्डको खुलासा


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

सिंगापुर- सिंगापुरमा हालसम्मकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण प्ररकणमा चिनियाँ संलग्नता पाइएको छ । सिंगापुरले सञ्चालन गरेको सम्पत्ति शुद्धीकरणविरुद्धको कारवाहीमा पक्राउ पर्नेमा अधिकांश चिनियाँ नागरिक रहेका छन् ।

सिंगापुरमा प्रहरीले गत अगस्ट महिनामा विभिन्न स्थानमा छापा मारी १० जनाभन्दा धेरै विदेशी नागरिकलाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट हेर्मेस ह्याण्डब्याग, मेकलेन ह्विस्की, बेन्ट्ली र रोल्स रोयज कारजस्ता बहुमूल्य सामान बरामद भएको छ । बरामद भएका ती सामानको मूल्य २ अर्ब ४० करोड अमेरिकी डलरसम्म रहेको जनाइएको छ ।

अगस्ट महिनामा सम्पत्ति शुद्धीकरणको भण्डाफोर भएसँगै त्यहाँका बैंकहरुले चीनमा जन्मेका सेवाग्राहीलाई सेवा दिन हिचकिचाउन थालेका छन् । ऋणदाता बैंकहरुले चीनमा जन्म लिएका सेवाग्राहरुको नयाँ एवम् यसअघि अस्तित्वमा रहेका बैंक खाताको पुनरावलोकन गर्नसमेत सुरु गरेका छन् ।

त्यसबाहेक सिंगापुरको एक अन्तर्राष्ट्रिय बैंकले कम्बोडिया, साइप्रस, टर्की र भानुआतुजस्ता देशका राहदानी भएका केही सेवाग्राहरुको खाता बन्द गरेको जनाएको छ । गत अगस्ट १५ मा सिंगापुरका विभिन्न स्थानमा गरिएको कारवाहीका क्रममा चिनियाँ मूलका १० जना धनाढ्य पक्राउ परेका थिए । तीमध्ये सबै जना पूर्वी चीनको फुजियान प्रान्तका रहेको र उनीहरुले विभिन्न मुलुकको राहदानी प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

संगठित अपराध गिरोहसँग उनीहरुको साँठगाँठ रहेको हुनसक्ने प्रहरीको आशंका छ । अभियोजनकर्ताहरुले यसलाई ‘सिंगापुरकै सबैभन्दा खराब र गम्भीर सम्पत्ति शुद्धीकरण प्रकरण’ को संज्ञा दिएका छन् ।

उनीहरुको साथबाट १ अर्ब ८० करोड सिंगापुर डलर बराबरका नगद, विलासी सामान, गहना र सम्पत्ति फेला परेको छ । उनीहरुको साथबाट सिंगापुरमा सबैभन्दा धनाढ्यहरुको बसोबास रहेको क्षेत्रमा घरजग्गा, २७० थान गहना, ५० सवारी साधन, घडीजस्ता बहुमूल्य सामान फेला परेको छ । सिंगापुर प्रहरी बलका अनुसार उनीहरुले यो सम्पत्ति विदेशी भूमिमा गरिएको अपराध, अनलाइन जुवा एवम् ठगीजस्ता गैरकानूनी गतिविधिबाट कमाइ गरेका थिए ।

यसबाट पारदर्शी वित्तीय गन्तव्यको छवि बनाएको सिंगापुरको प्रतिष्ठामा आँच आउनुका साथै चिनियाँ नागरिकहरुको संलग्नताका कारण चीनको छविमा पनि धक्का लागेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ७ : ०२ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा