लागूऔषधसहित चारजना पक्राउ « Khabarhub

लागूऔषधसहित चारजना पक्राउ


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनसरी र कैलालीबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका- १ हटियालाइन लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ५६ ग्राम ५० मिलिग्रामसहित भोक्राहानर्सिङ गाउँपालिका–६ बस्ने २४ वर्षीय नजाम आलमसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रदेश १–०२–०४८ प ४९७३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलालीकै धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन ७ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका–५ बस्ने ३५ वर्षीय मुकेश कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलालीकै गोदावरी नगरपालिका(४ गोदावरीबाट अवैध लागूऔषध चरेश ३ किलो ५ सय ग्रामसहित बझाङ बुङ्गल नगरपालिका(२ बस्ती घर भई कञ्चनपुर कृष्णपुर नगरपालिका–१ दोमिल्ला बस्ने ३५ वर्षीय गोरे धामीलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरीले से।२ प २८५७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १० : १२ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि