ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा « Khabarhub

ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको मर्स्याङदी गाउँपालिकाले पालिका अन्तर्गतका ज्येष्ठ नागरिकहरूमा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । 

गाउँपालिकाले विभिन्न समस्या भएर स्वास्थ्य उपचारका निम्ति आवश्यक परेका खण्डमा ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गर्ने भएको हो ।

गाउँपालिकाको यस अघि भएको गाउँ सभाबाट नीति तथा कार्यक्रमबाट नै ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स व्यवस्थापन गर्ने निर्णय पारित भएको थियो । सोही निर्णयलाई कार्यन्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । 

गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्यमा समस्या भएर उपचारका निम्ति जिल्ला अस्पतालसम्म पुग्नु पर्ने भएमा वा जिल्ला अस्पतालबाट फर्कनु पर्ने भएमा गाउँपालिकाको आफ्नै एम्बुलेन्स मार्फत निःशुल्क सेवा दिने भएको हो । जिल्ला अस्पताल भन्दा बाहिर जानु परेमा भने सो सेवा उपलब्ध गराउन नसकिने गाउँपालिकाले जनाएको छ ।

मर्स्याङदी गाउँपालिकाले ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सँगै समय अनुकुल मिलाएर धार्मिक स्थलहरूको भ्रमण गराउने पनि योजना बनाएको छ । 

पालिका भरिका ज्येष्ठ नागरिकहरूलाई समुह बनाएर विभिन्न चरणमा विभिन्न धार्मिक स्थलहरूको धार्मिक भ्रमण गराउने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

सो बाहेक गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको निशुल्क स्वास्थ्य परिक्षण पनि गर्ने जनाएको छ । बिभिन्न वडा स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरूलाई गाउँ टोलमा खटाएर ज्येष्ठ नागरिकहरूको नियमित निःशुल्क स्वास्थ्य परिक्षण गरिने गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ । 

गाउँपालिकाले यसअघि देखिनै जेष्ठ नागरिक मध्ये ६० वर्ष माथिका एकल पुरुषहरूलाई नियमित भत्ता रकम पनि उपलब्ध गराउँदै आएको जनाएको छ । 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ५४ बजे

स्पेस निडल नजिकको फुड फेस्टिभलमा गोलीकाण्ड : दुईको मृत्यु

एजेन्सी– अमेरिकाको सियाटलस्थित स्पेस निडल नजिक आयोजना गरिएको लोकप्रिय ‘बाइट

विश्वकप क्रिकेट लिग-२ नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भइरहेको खेलमा

चीन जाने तयारीमा रवि, बालेनको भारत यात्रा अझै अनिश्चित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौको पहिलो साता