प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता : परराष्ट्रमन्त्री  | Khabarhub Khabarhub

प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता : परराष्ट्रमन्त्री 


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् ।

चाबहिल स्थित जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको आज भएको शुभकामना तथा बिदाइ कार्यक्रममा उनले प्राविधिक शिक्षाले ज्ञान, सीप र रोजगारी दिने भएकाले यो आजको आवश्यकता रहेको बताए ।

हाल धेरै सामुदायिक क्याम्पस भए पनि जिपी कोइराला कलेजले गुणस्तरीय शिक्षा प्रदान गरेर सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट बनेकामा मन्त्री साउदले क्याम्पस परिवार तथा विद्यार्थीलाई बधाई दिए। कलेजको स्थापना गर्नुमात्र ठूलो कुरा नभएर गुणस्तरीय शिक्षा प्रदान गर्नु महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

मन्त्री साउदले आफू विद्यार्थी राजनीतिबाट आएकाले पनि देशको शैक्षिक स्थिति र विद्यार्थीका धेरै कुरा बुझेको बताउँदै राम्रो नतिजाका लागि विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका उत्तिकै महत्वपूर्ण हुने जनाए। गुणस्तरीय शिक्षा भएन भने जीवनमा सुख पाउन नसकिने भन्दै उनले सबै कलेज तथा विद्यालयले समाज र देशलाई योगदान पुर्‍याउने खालको प्रभावकारी शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए। 

बागमती प्रदेशसभा सदस्य मीना पराजुलीले कलेजले विद्यार्थीको आवश्यकताअनुसार पढाउनुपर्ने भन्दै विद्यार्थीको आवश्यकता हेरेर पढ्न सहज वातावरण बनाउनुपर्ने बताए । आजको आधुनिक युगमा प्रविधिमैत्री शिक्षा प्रदान गर्न सके थप प्रभावकारी र उपलब्धिमूलक हुने उनको भनाइ थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय २०७९ मा सामुदायिक क्याम्पसहरू मध्येबाट विएसएसडब्लुतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउन सफल दिया थापा मगरलाई नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न साङ्गीतिक कोसेली प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  २ : ३९ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी